मौद्रिक नीतिको समीक्षा शेयर लगानीकर्तालाई 'कागलाई बेल पाक्यो हर्ष न विष्मात': राधा पोखरेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2023 | 11:52:31 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा शेयर लगानीकर्तालाई 'कागलाई बेल पाक्यो हर्ष न विष्मात' जस्तो भएको बताएकी छिन् ।  राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबारे आफ्नो प्रारम्भिक प्रतिक्रिया दिदै उनले लगानीकर्ताले ४ वटा माग मात्र राखेको तर ति कुनै पनि सम्बोधन नभएकोले अर्धवार्षिक समीक्षा शेयर लगानीकर्तालाई 'कागलाई बेल पाक्यो हर्ष न विष्मात' जस्तो भएको बताएकी हुन्। 

उनले आफुहरुले राखेको ४/१२ को नीति मध्ये ४ हटिसकेको अवस्थामा १२ को क्याप पनि हटाउन माग गर्दै अर्थमन्त्री, र गभर्नरलाई भेटेर विशेष आग्रह गर्दा पनि सुनुवाई नभएको बताईन्। त्यस्तै उनले शेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिनु पर्ने बताईंन्

लगानीकर्ता संघहरुले  १२ करोड (बाह्र करोड) सम्मको शेयर कर्जाको सिमाले शेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता गरिनु पर्ने, आ.व. २०७९/८० को आषाढ १ गते देखि शेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिनु पर्ने, विद्यमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अङ्गमा कायम गरिनु पर्ने र तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकोले उक्त समस्याको तत्काल समाधान गरिनु पर्ने सुझाव दिएका थिए।

आफुहरुले राखेका विषय आगामी दिनमा अन्य निर्देशन मार्फत पुरा हुने अपेक्षामा रहेको बताएकी छिन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved