आइपीओ र हकप्रद रोक्ने निर्णय गरेका छैनौं तर व्यवस्थित गर्ने प्रकृया अगाडी बढेको छ : अध्यक्ष हमाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2023 | 09:12:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले धितोपत्र बोर्डले सार्वजनिक निष्काशनको स्वीकृति नरोकिएको बताएका छन्। बोर्डले सार्वजनिक स्वीकृति रोक्ने निर्णय गरेको भन्ने आशयको संदेश बाहिर आएपछि बोर्ड अध्यक्ष हमालले यस्तो बताएका हुन्। 

"धितोपत्र बोर्डले सार्वजनिक निष्काशन रोक्ने निर्णय गरेको छैन र धितोपत्र बोर्डसँग बोर्डले तोकेको मापदण्ड पुरा गरेका कम्पनीको साधारण शेयर र हकप्रद निष्काशन रोक्न पाउने कुनै अधिकार नै हुदैन" अध्यक्ष हमालले भने, "तर धितोपत्र बोर्डले सार्वजनिक निष्काशनको आपूर्तिलाई व्यवस्थिति गर्नलाई सार्वजनिक निष्काशनको अनुमतिलाई केहि सुस्त बनाएको हो"

व्यक्तिको तजबिजले नभई प्रणालीअनुसार काम होस् भन्ने उदेश्यले मापदण्ड बनाइएको बताउदै अध्यक्ष हमालले मापदण्ड पुरा गर्ने कम्पनीले सार्वजनिक निष्काशन गर्न पाउने भएकाले अहिले बढी महत्त्वका कम्पनीलाई प्राथमिकतामा राखेर आइपीओको अनुमति दिइएको बताए। 

मापदण्ड पुरा गर्ने कम्पनी धेरै हुँदा सार्वजनिक निष्काशनको आपूर्ति बढेकाले आपूर्तिलाई व्यवस्थित गर्नलाई महत्त्वका आधारमा अनुमति दिने काम भएको तर सार्वजनिक निष्काशनको स्वीकृति नै रोक्ने काम नभएको अध्यक्ष हमालले स्पष्ट पारे। 

व्यक्तिको तजबिजमा काम हुँदा बिभिन्न प्रकारका विकृति बढेकाले असल नियतले मापदण्ड बनाएर काम गर्दा पनि आपूर्ति बढाएर बजार घटाएको आरोप लगाईएकोले बोर्डको संचालक समितिलाईबाटै निष्काशनको अनुमति हुनेगरि प्रकृया अगाडी बढाईएको पनि अध्यक्ष हमालले बिजपाटीलाई बताए। 

विगतमा व्यक्तिको तजबिजमा हुने कामलाई अहिले प्रणाली बनाएर अगाडी बढाउँदा पनि सार्वजनिक निष्काशनमा धितोपत्र बोर्डमाथि आरोप लगाईएको उनको भनाई छ। मापदण्ड पुरा गरेका कम्पनीलाई आइपीओ वा हकप्रद निष्काशन रोक्नु कानुनी राज्यको अवधारणा विपरित हुने भएकाले यसलाई रोक्ने नभई व्यवस्थित गर्नुपर्ने आफुहरुको बुझाई भएकाले सोहि अनुसार छलफल अगाडी बढेको हमालले बताए। 

"कर्मचारी र बोर्ड अध्यक्षमाथि सार्वजनिक निष्काशनको अनुमति तिब्रता दिएर बजार घटाएको आरोप लागेको छ, त्यहि भएर अब बोर्डको संचालक समितिको नै अनुमति लिएर मात्र सार्वजनिक निष्काशन हुनुपर्नेगरि प्रकृया अगाडी बढाएका छौँ" अध्यक्ष हमालले भने, "यसले भविष्यमा बोर्ड अध्यक्ष र बोर्डका कर्मचारीलाई आलोचित हुनबाट बचाएर बोर्ड संचालक समितिलाई नै थप जिम्मेवार बनाउने विश्वास लिएका छौँ।"


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved