'मोबाइल बैंकिङ सेवाको लाईसेन्स पाएका छौ, डिजिटलाईजेशनमा जाँदै छौ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2023 | 11:24:31 AM मा प्रकाशित

nepal oil ltd

एफपीओ निष्काशनपछि हाम्रो चुक्ता पुंजी २४ करोड ६० लाख पुग्ने छ। हामी २८ जिल्लामा कार्यरत छौ, हामीले ८२ वटा शाखा मार्फत सेवा प्रदान गरिरहेका छौ।

हामीले हालसाली मोबाइल बैंकिंग सेवा प्रदान गर्न अनुमति पाएका छौ । नेपालमा ६ वटा लघुवित्तले मात्र मोबाइल बैंकिंग संचालनको लाइसेन्स पाएको छ । हामी मोबाइल बैंकिंग सेवाको लाईसेन्स पाएर कार्यान्वयनको चरणमा छौ। यो हाम्रो लागि गौरवको विषय हो । अब हामी डिजिटलाइजेसनमा पनि जाँदै छौ । अबको जेनेरेशन डिजिटल नै हुने भएकोले हामी डिजिटल आइक्रोफाइनान्स सेवा दिने तर्फ अघि बढेका छौ ।

कोभिड, बाह्य क्षेत्रको दबाब र अर्थतन्त्रको विषम परिस्थितिमा हामीले गुणात्मक फड्को मारेको छ। कोभिड, बाह्य क्षेत्रको दबाब र अर्थतन्त्रको विषम परिस्थितिमा संयमता अपनाउदै हामीले कसरी संचालन खर्च घटाउने भन्ने विषयमा पनि काम गरिरहका छौ । आगामी दिनमा संचलान खर्च घटाएर भएको व्यवसायलाई निरन्तरता दिन प्रयत्न छौ ।

हामी अर्को साताबाट शेयर सूचीकरण गर्ने प्रक्रिया अगाडी बढाउछौ । सकेसम्म छिट्टै शेयर सूचीकरण हुने हाम्रो विश्वास छ ।

(उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँड कार्यक्रममा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकबाट व्यक्त विचार)

यो पनि : उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँड, एक जनाले पाए १०.१८ कित्ता शेयर

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved