'नेपालको कृषि क्षेत्रमा उल्लेखनीय काम गर्ने उद्देश्यका साथ अगाडी बढिरहेका छौँ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2023 | 02:54:40 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ कृषि कम्पनी मुक्तिनाथ कृषि बैंकको एउटा पृष्ठभूमिबाट स्थापना भएको कम्पनी हो । वित्तिय सेवाले मात्र कृषि उत्पादन हुन नसकेको र कृषि उत्पादन भए पनि बजार नपाएको सन्दर्भमा वित्तिय सेवा भन्दा पनि गैरवित्तिय सेवा खासगरि किसानलाई चाहिने गुणस्तरिय उत्पादन सामग्रीहरु, नयाँ नयाँ टेक्नोलोजीहरु उनिहरुलाई तालिमहरु र उत्पादन भएका सामाग्रीहरुलाई पारदर्सी रुपमा बजारीकरण गर्ने निकायहरु नभएको अबस्था थियो । त्यहि भएर नेपालको समग्र बैंक लगानीलाई कृषिमा केद्धित गर्ने, प्रत्साहन गर्ने र नेपाली उत्पादनलाई अन्तराष्ट्रिय बजारमा लैजानको लागि कृषि कम्पनीको स्थापना भएको हो । 

यसमा सबैभन्दा बढि लगानी मुक्तिनाथ विकास बैंकको छ । यसमा ९ सय भन्दा बढि संस्थापक लगानी कर्ता रहेका छन् । विगतमा यो कम्पनीले देश भरि नै कृषि स्रोत केन्द्रहरु स्थापना गर्ने छ । उत्पादन भएका सामानहरुलाई बाहिर लैजानको लागि प्रशोधन केन्द्रहरु औद्योगीकरणको विकास गर्र्ने छ ।

हामीले कृषि गर्नु पूर्व  कृषि गर्न कहाँ सम्भावना छ , कृषि गर्दा के कुरामा ध्यान दिनुपर्छ, यसका समस्याहरु के के छन्, भन्ने जस्ता कुरामा ज्ञान हुन जरुरी छ । यस्ता कुरामा ध्यान नदिएकाले कृषिमा ठुला समस्या भनेको छ । यस्ता कुराहरुको परामर्श नभएकाले पनि समस्या आएको हो । हामीले परामर्श दिने कुराहरुलाई पनि सँगै लिएर स्थानीय सरकार र मुक्तिनाथ कृषि कम्पनी विच साझेदारि गरेर नेपालको कृषि क्षेत्रमा उल्लेख्यनिय काम गर्ने उद्देश्यका साथ काम गरि रहेका छौँ ।

कृषिमा सर्वसाधारणको लगानी सुनिश्चितता गर्नकृषि क्षेत्रको महत्त्व बुझाउन र यस क्षेत्रमा आबद्द हुनका लागि उत्प्रेरित गर्नकम्पनीको बस्तु तथा सेवालाई आम कृषक तथा उपभोक्ता सम्मको पहुँलाई शसक्तिकरण गर्ननिजि क्षेत्रको संस्थागत लगानीलाई आकर्षित गर्नसंस्थालाई थप पारदर्शी बनाउन तथा वित्तीय आवश्यकताको दायरालाई थप फराकिलो बनाउनलाई आइपीओ जारी गरिएको हो।

रिसर्च तथा कृषि सम्बन्धि उद्योगहरु स्थापनाको लागि जग्गा र उपकरण खरिदमा, भण्डारण केन्द्र स्थापना र संचालनमा तथा ल्याबको स्थापनाको लागि आईपीओको रकम प्रयोग गरिनेछ। आईपीओबाट उठेको पसाले  विभिन्न ठाउँमा रिर्सच सेन्टरहरु खोल्ने छौँ । औद्योगीक विकास गर्दै गुणस्तरिय उत्पादन वृद्धि गरेर उपभोक्तालाई सिजन अनुसारको कृषि उपजहरु पुर्याउने लक्ष्यका साथ हामी चलिरहेका छौँ ।

यस कम्पनीको अन्य ८ वटा सहायक कम्पनी पनि छन् ।  मुक्तिनाथ सिड बैंक लि, मुक्तिनाथ नर्सरी बैंक लि. , मुक्तिनाथ फर्टिलाइजर बैंक लि., मुक्तिनाथ लाइभस्टक बैंक लि., मुक्तिनाथ हर्वल बैंक लि. , मुक्तिनाथ फुड बैंक लि. , मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी लि., र मुक्तिनाथ ट्रेडिङ लि. सहायक कम्पनीहरु हुन् । यी सबै सहायक कम्पनी २०७९ भदौ ६ गते दर्ता भएका छन् ।  मुक्तिनाथ ट्रेडिङ लिमिटेड बाहेक अन्य सहायक कम्पनीमा मुक्तिनाथ कृषि कम्पनीको ८० प्रतिशत लगानी छ । मुक्तिनाथ ट्रेडिङमा कम्पनीको शतप्रतिशत लगानी रहेको छ ।

(मुक्तिनाथ कृषि कम्पनीको आइपीओ बाँडफाँड कार्यक्रममा कम्पनीका अध्यक्ष भरतराज ढकालबाट व्यक्त विचार)

यो पनि : मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँड, ६१ हजार जनाको आवेदन रद्द



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved