वैशाख १८ बाट तातोपानी नाका पनि खुल्ने, यस्तो भयो सहमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2023 | 12:28:04 PM मा प्रकाशित

laxmi  sunrise bank

यही वैशाख १८ गतेबाट चीतसँग जोडिएको महत्वपूर्ण मानिने तातोपानी नाका पनि खुला हुने भएको छ । सीमा खुलाउने विषयमा चीन र नेपालका अधिकारीहरु बीच सहमत भएका छन् । सोमबारको द्विपक्षीय बैठकले नाका खुलाउने सहमति गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बिजपाटीलाई जानकारी दिए । 

उनका अनुसार नेपालतर्फका प्रशासन एबं सुरक्षा निकायका प्रतिनिधि र  चीनतर्फका प्रशासनिक तथा सुरक्षा निकायका प्रतिनिधि बीचको छलफलले उक्त निर्णय गरेको हो । 

बैठकमा सीमा सुरक्षा तथा कोरोना सङ्क्रमणका विषमया सुरक्षाको मापदण्ड अपनाउँदै सञ्चालन गर्ने तथा सीमा अपराधका विषयमा गम्भिरताका साथ अघि बढ्ने सहमति पनि भएको छ । 

सहमतिअनुसार दुवै देशबीच कोभिड सङ्क्रमणसम्बन्धी सावधानी अपनाउने तथा सूचना सम्प्रेषण गर्ने, अन्तरदेशीय सीमाना सुरक्षा व्यवस्था अझ बलियो बनाउने, अपराध नियन्त्रण र न्यूनीकरणमा संवेदशील रही आवश्यकतानुसार संयुक्त तालिम सञ्चालन गरिने छ । 

यस्तै गस्ती गर्ने, थप जाँच चौकी राख्ने , सीमा सुरक्षासम्बन्धी सम्पूर्ण सूचना आदान–प्रदान गर्ने, विगतमा भएजस्तै आगामी दिनमा समेत आपसी सुरक्षासम्बन्धी काम कारबाहीमा सहयोग र समन्वय गर्ने विषयमा पनि सहमति भएको छ । 

मितेरी पुलमा भएको छलफलमा नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमनका अधिकारीको सहभागिता थियो । लामो समयदेखि नाका सञ्चालनमा आउन सकेको छैन । प्रजिअ न्यौपानेले भूकम्पलगत्तै देखि नाका नियमितमा प्रभावित हुँदै आएको बताए ।

यसअघि रसुवागढी नाका भने खुलिसकेको छ । अन्य नाका पनि खुलाउँदै लैजाने विषयमा दुई देशका अधिकारीहरु बीच यसअघि नै सहमति भएको थियो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved