३० हजार शिक्षकको पेन्सन खातामा पठाउन थालियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2023 | 11:06:38 AM मा प्रकाशित

laxmi  sunrise bank

३० हजार जना शिक्षकको पेन्सन बैङ्क खातामा पठाउन थालिएको छ । निवृतिभरण व्यवस्थापन कार्यालयका अनुसार बजेट अपुग भएपछि रोकिएका शिक्षकहरुको पेन्सन बैंक खातामा पठाउन थालिएको हो । 

कुल ५१ हजार ३०८ मध्ये करिब ३० हजार जना शिक्षकले चैत महिनाको पेन्सन पाएका थिएनन् ।

अर्थ मन्त्रालयले ३ अर्ब बजेट निकासा दिएपछि चैत र वैशाख महिनाको पेन्सन पठाउन थालिएको हो । निवृतिभरण व्यवस्थापन कार्यालय प्रमुख विष्णुप्रसाद खरेलका अनुसार शिक्षकसँगै निजामती कर्मचारी र सुरक्षा निकायका पूर्व कर्मचारीको समेत वैशाख महिनाको पेन्सन पठाइएको छ ।

कार्यालयकाअनुसार हाल २ लाख ९४ हजारले पेन्सन बुझिरहेका छन् ।

नेपाली सेनाका ९२ हजार, निजामतिका ८० हजार, प्रहरीका ५८ हजार, शिक्षकहरु ५१ हजारले पेन्सन बुझिरहेका छन् । गत आर्थिक वर्ष सरकारले ६४ अर्ब १९ करोड ८० लाख रुपैयाँ पेन्सन बापत भुक्तानी गरेको थियो । यस वर्ष ५३ अर्ब रूपैयाँ मात्रै विनियोजन भएकाले जेठ र असारमा पेन्सन भूक्तानीमा समस्या पर्न सक्ने देखिएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved