सम्पति शुद्धीकरणमा नेपालको भविष्यबारे आजदेखि क्यानडामा छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2023 | 11:11:02 AM मा प्रकाशित

laxmi  sunrise bank

आजदेखि  फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) अन्तर्गतको एसिया प्यासिफिक ग्रुप (एपीजी) को २३ औ वार्षिक बैठक क्यानडामा सुरु हुँदै छ । यहि बैठकमा नेपाललाई सम्पति शुद्दिकरणको ‘ग्रे लिष्ट’मा राख्ने कि नराख्नेबारे छलफल हुने छ । यो बैठक असार २९ गतेसम्म (जुलाई ९ देखि १४ तारिखसम्म) हुनेछ ।

नेपाललाई  ‘ग्रे लिष्ट’मा पर्नबाट बचाउन नेपाल राष्ट्र बैंकका गभर्नरको नेतृत्त्वमा २८ सदस्यीय टोली क्यानडा पुगिसकेको छ ।  गभर्नर महाप्रसाद अधिकारीको नेतृत्त्वमा क्यानडा जान लागेको उक्त समूहमा प्रधानमन्त्री कार्यालयका सचिव उदयराज सापकोटा, कानुन मन्त्रालयका सचिव धनराज ज्ञवालीसहित नेपाल राष्ट्र बैंकका बैंक सुपरिवेक्षण विभाग प्रमुख देव कुमार ढकाल, वित्तीय अनुसन्धान इकाइका प्रमुख दीर्घ बहादुर रावल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, धितोपत्र बोर का कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ पनि छन् । त्यस्तै उक्त टिममा प्रधानमन्त्री कार्यालयका सहसचिव, अर्थ मन्त्रालयका सहसचिव, महान्यायाधिवक्ता कार्यालयका उपमहान्यायाधिवक्ता, केन्द्रीय अनुसन्धान विभागका प्रतिनिधि, सम्पति शुद्धीकरण विभागका प्रतिनिधि, फैसला कार्यान्वयन इकाइका प्रतिनिधि, नेपाल धितोपत्र बोर्ड अध्यक्ष, नेपाल बीमा प्राधिकरणका अध्यक्ष, नेपाल प्रहरीका प्रतिनिधिसहित परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरु पनि छन् । 

 नेपाल सहितका देशको सम्पति शुद्दिकरणको मापदण्ड हेर्ने एसिया प्यासिफिफ समूह (एफएटिएफ) मुल्यांकन समूहलाई नेपालको टोलिले यहाँको बस्तुस्थितिबारे जानकारी गराउनेछ। क्यानडा जानु अघि गभर्नर सहितको सानो टोली अमेरिका गएर समेत एफएटिएफसँग छलफल गरेको थियो । 

सम्पति शुद्धीकरण निवारणसम्बन्धी १९ वटा ऐन तथा केही पूर्वाधार निर्माणका कामहरु अलपत्र रहेको अवस्थामा नेपालका लागि ग्रे लिष्टबाट बच्न सहज नहुने भएपछि सम्पति शुद्दिकरणको मुद्दालाई विश्वब्यापी बनाएको अमेरिकालाई मनाउने नेपालको प्रयास रहने भएकाले अमेरिका हुँदै क्यानडा गएको थियो।  

यस अघि एपीजीको मुल्यांकन टोली नेपाल मै आएर नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, कानुन मन्त्रालय, सम्पति सुद्धिकरण अनुसन्धान विभाग लगायतका निकायसँग छलफल गरेको थियो । सोहि समुहको प्रतिवेदनमाथि आजदेखि सुरु हुने एपीजीको २३ औ वार्षिक बैठकमा छलफल हुने छ ।  

यो पनि : नेपाल सम्पति शुद्धीकरणको ‘ग्रे–लिष्ट’मा पर्नसक्ने, तयार रहन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

-गभर्नरको नेतृत्वमा २८ सदस्यीय टोली क्यानडा जाँदै, नेपाललाई ग्रे लिष्टबाट बचाउने प्रयास

अमेरिकाका बैंकले खाता खोल्नसमेत नेपाललाई नपत्याएको खुलासा, ग्रे-लिष्टमा पर्यो भने झन् के होला ?

ट्रेड बेस्ड मनि लाउन्ड्रिङ र आपराधिक सम्पतिले नेपालमाथि प्रश्न, यही साता 'फेस टु फेस' वार्ता

सम्पति शुद्धिकरणसम्बन्धी अन्तर्राष्ट्रिय अध्ययन टोलीको ‘फेस टू फेस’बैठकमा के के भयो ?

- नेपाललाई ‘ग्रे लिष्ट’बाट बचाउन सक्ने सँस्थाकै हरिविजोग, वार्षिक बजेट २० लाख मात्रै


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved