दशैं नजिकिँदा पनि होलसेलदेखि रिटेलसम्मका पसल सुनसान, व्यवसायीले आयात नै घटाए

लक्ष्मण लम्साल

लक्ष्मण लम्साल

Sep 24, 2023 | 07:47:26 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँ आउनै लाग्दा आर्थिक गतिविधि बढ्ने र आफ्नो व्यवसाय पनि बढ्ने अनुमान व्यवसायीहरुको थियो ।  तर दशैँ दशैँ नजिकै आईसक्दा पनि व्यापार नभएपछि व्यवसायी निराश छन् ।  

काठमाडौँ मलमा कपडाको व्यवसाय गर्दै आएकी पुजा हमाल दशैँको बेला हुने ब्यापार ३ गुणाले घटेको बताउछिन् ।  ‘गएको वर्षहरुमा दशैको यो समयमा दिनको ५०/६० हजारका दरले ब्यापार हुँन्थ्यो । अहिले घटेर २०/२५ हजारको ब्यापार हुँन्छ ।’  

पुजा र उनका दाई मिलेर फ्यामेली बिजनेशका रुपमा  लेडिज आइटमको फेन्सी पसल चलाउदै आएका छन्। उनीहका अनुसार गएका वर्षहरुमा दशै आउनुभन्दा एक महिना अगाडी बजारमा जुन भिड हुन्थयो त्यो भिडभाड अहिले काठमाडौं मलमा छैन् । 

दशै नजिकिंदै जादा केहि ब्यापार बढ्ला भन्ने आशामा उनीहरु छन् । यस पटक दशै ढिला भएकाले जाडोयामका कपडा  धेरै बिक्रि हुने अनुमान पुजाको छ । उनका अनुसार जाडोको कपडा तुलनात्मक मंहगो हुन्छ । दशैं सुरुभएपछि पनि जाडोयामका कपडा बिक्री  भएमा ब्यापार बढने पनि उनको आशा छ । 

काठमाडौँ मलकै अर्का व्यवसायी दिपक खनाल पनि आर्थिक मन्दीका कारण यस पटको दशैंमा खासै ब्यापार नभएको बताउछन् । अर्घाखाँचीबाट आएर एक दशकदेखि व्यापार गर्दै उनी मन्दीले मानिसहरुसँग पैसा कम रहेको किनमेल पनि कम गर्न  बताउछन्। उनी भन्छन्, ‘ मन्दीले गर्दा मानिसहरुमा पैसा छैन । भएको पैसा पनि यो मंहगिमा खान बस्न ठिक्क छ । त्यसकारण ब्यापारमा ह्रास आएको हो ।’

मलको पहिलो तलामा जेन्स आइटमको ब्यापार गर्दै आएका खनालका अनुसार दशैँ आउनु भन्दा एक महिना अगाडी दशैँको लागि घर जानेहरुले किनमेल गर्ने गर्थे । तर यसपटकत्यस्तो नदेखिएको उनी बताउछन् ।  ‘विगतका वर्षहरुमा दशैं आउनुभन्दा एक महिना हाराहारिको समयमा ब्यापार अहिलेको तुलनामा राम्रै हुँन्थ्यो । घर फर्किनेहरुले कपडा किन्थे’ उनले भने, तर ‘अहिले पहिलाको जस्तो छैन ।’

अहिले दशै केहि ढिला अर्थात कार्तिकमा भएकाले मनिसहरुले कुन सामान रुचाउछन् भन्ने नै अनुमान गर्न नसकिने खनालको भनाई छ । उनले भने, ‘अहिले कार्तिकमा दशै पर्यो । कार्तिकमा जाडो हुँछ । अब अहिलेको दशैमा जाडोको कपडा विक्ने हो कि गर्मिको ? त्यो पनि तनाव छ ।’

यस्तै, काठमाडौं मलमा नै केहि बर्षदेखि मात्र ब्यापार सुरु गरेका आयुष अग्रवाल  पनि ब्यापार नभएर तनावमा छन् । दशै आउन  एक महिना मात्र बाँकी रहेको यो समयमा पनि दशैको ब्यापार नभएर विजोग भएको उनी बताउँछन् । चाइना र भारतबाट रेडिमेट कोट पाईन्ट आयात गरेर ब्यापार गर्दै आएका अग्रवालका अनुसार अबको २० दिन पछि गाँउ जानेहरुले अहिले देखिनै सामान किन्न थाल्नुपर्ने हो । तर, त्यस्तो भएको छैन । गएको वर्षहरुको तुलनामा बजारमा भिडभाड नै नभएको उनको भनाई छ । 

काठमाडौँ कै अर्को व्यापारिक कम्प्लेक्स सिभिल मलमा भने भिडभाड देखिएको तर ब्यापार नभएको  ब्यापारीहरु बताउँछन् । चहल पहल भएपनि ब्यापार भने न्यून नै रहेको मलमा डब्लु ब्राण्डको कुर्ताको व्यवसाय गर्दै आएका बिनोद अघिकारी बताउँछन् । उनी भन्छन्, ‘अहिले राम्रो राम्रो मुभिहरु च्लिरहेको छ । त्यो भएर फुट फ्लो राम्रै छ । तर, मानिसहरुमा पर्चेज गरिहालम भन्ने इच्छा चै अलिक कम नै छ ।’ 

रिटेल पसलहरुमा ब्यापार खुम्चिदा त्यसको असर होलसेल पसलहरुमा पनि परेको छ । दशैको मुखमा होलसेल पसलहरुमा पनि ब्यापार सुस्ताएको होलसेल ब्यापारीहरु बताउँछन् । लत्ता कपडाको होलसेल कम्प्लेक्स मानिने रन्जनाका व्यवसायीहरुले अहिले घाटामा ब्यापार गरिरहेको बताउँछन् । रन्जनामा जेन्स कपडाको होलसेल गर्दै आएका त्रिलोकचन्द्र गर्ग अहिले ब्यापार नभएर घाटामा व्यवसाय सञ्चालन गरिरहेको बताउँछन् । कहिलेकहिँ रक रुपैयाँको पनि ब्यापार नहुने अवस्था आएको उनको भनाई छ । 

ब्यापारमा ह्रास आएसँगै उनले सामान आयात पनि कम गरेका छन्। गर्गले विगतका दशैहरुको तुलनामा यसपालिको दशैकालागि ५० पतिशतभन्दा कम सामान मगाएको जानकारी दिए । 

रन्जनामै लेडिज कपडाहरुको होलसेल पसल गर्दै आएका अर्का ब्यापारी मनोज बंशलले पनि ब्यापार खुम्चिएको उल्लेख गरे । ब्यापार खुम्चिएको कारण दशैका लागि उनले पनि विगतको तुलनामा ३० प्रतिशत मात्र सामान अर्डर गरेको बताउँछन् । 

वर्षभरीको हुने कारोबारको ३०/३५ पतिशत कारोबार दशै तिहार जस्ता चाडपर्वमा हुने गर्दथ्यो । तर, अहिले दशैमा नै बजार सुनसान हुदा ब्यापारीहरु मारमा परेका हुन् ।

 नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठ चाडपर्वको मुखमा पनि बजारमा व्यापार नरहेको स्वीकार गर्छन्। बजारमा दशैँ तिहार जस्ता ठूला चाडपर्व नजिकिँदा पनि मन्दीका कारण वस्तुको माग नरहेको उनको भनाई छ। 

दशैमा बजार यसरी सुस्ताउँदा त्यसको असर व्यवसायीसँगै राज्यको राजस्वमा पनि पर्ने अर्थविद् डा. चन्द्रमणि अधिकारी बताउँछन् । उनका अनुसार हाम्रो आयातमुखी अर्थतन्त्र भएकाले ब्यापार ह्रास हुँदा आयातमा पनि ह्रास आउँछ । र, राजस्वमा पनि ह्रास आउँछ । 

यसको अवस्थामा सरकारले पुँजीगत खर्च बढाएर, कर्ज प्रवाह सहज बनाएर, सरकारी हिसब मितब्ययी बनाएर, उत्पादन र कृषिलाई क्षेत्रलाई प्राथमिकता दिएर र बन्द भएका उद्योगहरुलाई सन्चालन गरेर अर्थतन्त्रलाई थप चलाएमान बनाउ सकिने उनको सुझाव छ । 

यो पनि : कमाउने र रमाउने उमेरका युवा विदेशिँदा बजार सुनसान

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved