यी हुन् सबैभन्दा बढी कर तिर्ने व्यक्ति र संस्था, सरकारले गर्यो सम्मान (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2023 | 08:48:53 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी गर्ने तिर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले उनीहरुलाई सम्मान गरेका हुन् । 

राष्ट्रिय कर दिवसको अवसरमा आयोजित राष्ट्रिय कर सप्ताहको समापन समारोहमा आज आन्तरिक राजस्व विभागले बढी कर तिर्ने करदाताहरुलाई सम्मान गरेको हो । विभिन्न १६ विधामा बढी कर तिर्ने करदाताहरुलाई सम्मान गरिएको हो । 

हेर्नुस विभिन्न १६ विधामा सबैभन्दा बढी कर तिरेर सम्मानित हुने करदाता :

सबैभन्दा बढी आयकर दाखिला गर्ने : नेपाल टेलिकम 

निर्यात कारोबार मध्ये सबैभन्दा  बढी कर दाखिला गर्ने : डाबर नेपाल 

विशेष उद्योग मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने : एशियन पेन्ट्स 

कृषि एवम् पशुजन्य उद्योग मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने : ओबिसी फुड्स एण्ड फिड्स

सहकारी तथा लघुवित्त मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने : छिमेक लघुवित्त 

बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा बढी कर दाखिला गर्ने : ग्लोबल आईएमई बैंक 

बीमा व्यवसाय मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने : लाइफ इन्स्योरेन्स कर्पोरेशन 

स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने : नोबेल मेडिकल कलेज 

पर्यटन व्यवसाय मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने : मनकामना दर्शन 

वस्तु व्यापारको कारोबार मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने : भाटभेटेनी सुपर मार्केट 

मध्यम स्तरीय करदाता मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने : नेपाल स्टक एक्सचेन्ज नेप्से 

उर्जा उद्योग मध्ये सबैभन्दा बढी कर दाखिला गर्ने : भोटेकोशी पावर कम्पनी 

रेमिटेन्स तथा मणि ट्रान्सफर तर्फ सबैभन्दा बढी कर दाखिला गर्ने : आईएमई लिमिटेड 

व्यक्तिगत आयमा सबैभन्दा बढी कर दाखिला गर्ने : विजय कुमार शाह 

सबैभन्दा बढी आन्तरिक राजस्व दाखिला गर्ने : सुर्य नेपाल प्राली

वि.सं. २०७५ श्रावण देखि २०८० आषाढमसान्तसम्मको कर अवधीमा मु.अ.कर विवरण र सो बमोजिमको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये आ.व.२०७९/८० मा सबैभन्दा बढी मु. अ. कर दाखिला गर्ने : सुर्य नेपाल प्राली 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved