शोधनान्तर र चालू खाता दुवै बचतमा, विदेशी विनिमय सञ्चिती झण्डै १७ खर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2023 | 02:50:04 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आवको चार महिनामा चालु खाता ९६ अर्ब ३८ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष समिक्ष अवधिमा चालु खाता घाटा ३७ अर्ब ७९ करोड घाटामा थियो ।

खुद  प्रत्यक्ष वैदेशिक  लगानी  ३  अर्ब ६४ करोडले धनात्मक रहेको छ । अघिल्लो  वर्षको  सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ९७ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ४२ करोड ९२ लाख रहेको थियो ।

एक मुलुकले अर्को मुलुकसँग मौद्रिक कारोबार गर्न सरकारसँग चालु, पुँजीगत र वित्तीय खाता रहेका हुन्छन । मुलुकको चालु आय र व्ययको विवरण देखाउने खाता नै चालु खाता हो । यो खातामा वस्तु आयात र निर्यात, सेवा आयात र निर्यात, रेमिट्यान्स सहितका रकम ट्रान्सफर भएको रकम सहित मुलुकलाई प्राप्त आय र व्यय दुबैको हिसाव राखिन्छ ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति १४७ अर्ब ११ करोडले बचतमा रहेको केन्द्रीय बैंकको विवरणमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर  स्थिति  २०  अर्ब  ३  करोडले  बचत रहेको  थियो  । अमेरिकी  डलरमा  अघिल्लो  वर्षको  सोही अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ११ करोडले बचतमा छ ।

नेपाल भित्रिने रकम र नेपालबाट बाहिरिने रकमबीचको अन्तर नै शोधनान्तर स्थिति हो । शोधनान्तर स्थिति बचतमा जानुको मतलव नेपालबाट बाहिरिने रकम भन्दा भित्रिने रकम बढी रहेको बुझिन्छ । 

रेमिट्यान्सको रकममा आएको वृद्धि र आयातमा कमी आउँदा यस्तो अवस्था आएको हो । साथै पर्यटनतर्फको आय पछिल्लो समय बढेर गएको छ  । शोधनान्तर स्थितिलाई भुक्तानी सन्तुलन समेत भनेर बुझिन्छ । यो व्यक्ति, उद्योगी व्यवसायी र सरकारले गर्ने सबै कारोबारको एकमुष्ट हिसाव हो ।

त्यस्तै समिक्षा अवधिमा विदेशी विनिमय सञ्चितिमा पनि बढोत्तरी भएको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६  करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १०.२ प्रतिशतले बढेर कात्तिक मसान्तमा १६ खर्ब ९६ अर्ब ७८ करोड कायम भएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा कात्तिक मसान्तमा ८.९ प्रतिशतले वृद्धि भई १२ अर्ब ७५ रोड पुगेको छ । यसले १३.६  महिनाको वस्तु आयात र ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved