'श्रीमतिलाई जमानी राखेर सहकारीबाट बिना धितो ५ अर्ब ऋण लिएको समेत पाइयो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2024 | 02:15:21 PM मा प्रकाशित

laxmi  sunrise bank

सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले सहकारीलाई पूँजी संकलन गर्ने साधनको रुपमा मात्र प्रयोग गरिएको बताएका छन् । 

बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) द्वारा आयोजित कार्यक्रममा बोल्दै उनले सदस्यबाट संकलित पूँजीको उचित परिचालन हुन नसक्दा सहकारीमा समस्या आएको बता ए । 

उनले लेखा सुपरिवेक्षण समिति भनेको सहकारी संस्थाको वाचडग रहेको पनि बताए । लेखा समितिले संस्थाको सुपरिवेक्षण प्रभावकारी रुपमा गर्नुपर्ने उनको भनाइ छ । 

‘सहकारीमार्फत् आर्थिक समृद्धिको सम्भावना प्रशस्तै छ । अर्थतन्त्रमा सहकारीको महत्वपूर्ण योगदान छ । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा करिब ४ प्रतिशत योगदान छ । ९३ हजार ७०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि वार्षिक १४.८१ प्रतिशत लगानी यो क्षेत्रको छ । तर हाम्रो आफ्नै कारणले सहकारीमा समस्यामा छ’,उनले भने ।

सहकारीमा आन्तरिक समस्या धेरै देखिएका छन् । लेखा समितिले आफ्नो जिम्मेवारी प्रभावकारी रुपमा बहन नगर्ने, बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने, कानून कार्यान्वयनमा उदासिनता, संस्थागत संरचनामा समस्या, कार्यगत समस्या र प्रभावकारी नियमन नहुँदा सहकारीलाई पिरोलेको घिमिरेले उल्लेख गरे ।

उता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष काशिराज दाहालले संस्थाको अनुगमनको क्रममा एउटै सहकारीबाट बिना धितो ५ अर्ब रुपैयाँसम्मको कर्जा आफ्नै श्रीमतीलाई जमानी राखेर वितरण गरेको देखिएको बताए । 

त्यस्तै अधिकांश सहकारी संस्थाहरुको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिमा परिवारिक एकाधिकार भएका कारण पनि सहकारीमा समस्या देखिएको उनले बताए । उनले भने, ‘लेखा समितिले आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने ८० प्रतिशत समस्या समाधान हुन्छ । ’

हरेक सहकारीको प्रकृति फरक भए पनि मूख्यत:  कारोबार ऋणको लागि मात्र बचत गरेका कारण सहकारीमा समस्या देखिएको उनको भनाइ छ । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved