अध्ययनका लागि नेपाली विद्यार्थी विदेश जाँदा ५९ अर्ब बाहिरियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2024 | 12:18:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा चालु आर्थिक वर्षको ६ महिनामा करिब ५९ अर्ब रुपैयाँ बाहिरिएको छ । यो अवधिमा अध्ययनका लागि विदेश जाँदा ५८ अर्ब ९५ करोड रुपैयाँ बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा यस्तो बाहिरिने रकम ६६.७१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको ६ महिनामा ३५ अर्ब ३६ करोड रुपैयाँ शिक्षाका लागि बहिरिएको थियो । 

यसैगरी, समीक्षा अवधिमा खुद सेवा आय ३६ अर्ब ६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३६ अर्ब २२ करोडले घाटामा रहेको थियो ।

यस्तै सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ४४.४ प्रतिशतले वृद्धि भई ३९ अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २७ अर्ब ४० करोड रहेको थियो ।

समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ६०.६ प्रतिशतले वृद्धि भई ९२ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५७ अर्ब ८२ करोड रुपैयाँ रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved