पसलहरुमा काम गर्ने मध्ये ८० प्रतिशत बढीले पाउँदैनन् तलव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2024 | 05:37:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका व्यापारिक प्रतिष्ठानहरुमा काम गर्ने मध्ये ८०.५८ प्रतिशत कामदारले कुनै पनि  तलब ज्याला र अन्य सुविधा नलिने गरेको पाईएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल ब्यापार सर्वेक्षण २०७८ को नतिजाले यस्तो देखाएको हो ।

सर्वेक्षणको नतिजा अनुसार नेपालका व्यापारिक प्रतिष्ठानहरुमा काम गर्ने मध्ये १९.४२ प्रतिशत अर्थात् २ लाख १९ हजार ५ सय ५१ जनाले मात्र तलव लिने गरेका छन्  । ८०.५८ प्रतिशत कामदारले भने तलव लिने गरेका छैनन्  ।

सर्वेक्षण अनुसार जम्मा कामदारहरु मध्ये तलब ज्याला र अन्य सुविधा पाउने कामदारहरुको संख्या २,१९,५५१ (१९.४२%) रहेको छ । जसमा महिला ४५००९ जना (३९.४०%) र पुरुष १,७४,५४२ जना (६०.६०%) रहेको देखियो ।

सर्वेक्षणले यस क्षेत्रमा तलव ज्याला र अन्य सुविधा लिई काम गर्ने भन्दा तलव ज्याला र अन्य सुविधा नलिई (परिवारका सदस्य) काममा संलग्न रहेका व्यक्तिको संख्या बढि रहेको देखिएको छ।

सर्वेक्षण अनुसार रिटेल ट्रेडका काम गर्ने कामदार मध्ये १४.१५ प्रतिशतले तलव लिने गरेका छन् भने ८५.८५ प्रतिशत कामदारले तलव लिने गरेका छैनन् । त्यस्तै होलसेल ट्रेडमा काम गर्ने कामदार मध्ये ५८.८३ प्रतिशतले तलव लिने गरेका छन् भने ४१.१७ प्रतिशत कामदारले तलव लिने गरेका छैनन् । सर्वेक्षणले होलसेल ट्रेडमा भन्दा रिटेल ट्रेडमा परिवारका सदस्य धेरै आवद्द रहेको देखाएको छ ।



 त्यस्तै तलवी कामदार भएका व्यापारिक प्रतिष्ठानको तलव ज्याला र अन्य सुविधामा प्रति प्रतिष्ठान औसत वार्षिक रु ६,०४,९१२ खर्च भएको देखिएको छ भने प्रति कामदार औसत बार्षिक रु २,०८,४९४ खर्च देखिन्छ। 

सर्वेक्षण अनुसार मुलुकभित्र रहेका थोक तथा खुद्रा व्यापार गर्ने जम्मा ४,९८,०५८ व्यापारिक प्रतिष्ठानहरु मध्ये करीब ६८ प्रतिशत कुनै न कुनै प्रकारको सरकारी निकायमा दर्ता भएका छन् भने करीब ३२ प्रतिशत प्रतिष्ठानहरु दर्ता नगरी संचालन भईरहेका छन् । यस क्षेत्रमा जम्मा ११,३०,६४५ जना मानिसहरु संलग्न ( Person Engaged) छन् । जसमध्ये महिला ४,०३, ९६४ जना (३६%) र पुरुष ७,२६,६८१ जना (६४%) रहेका छन् । यसलाई सय प्रतिष्ठानमा हेर्दा औसत १४६ जना पुरुष र ८१ जना महिला रोजगारीमा रहेको देखियो भने एक प्रतिष्ठानमा औसतमा २ जना कामदार कार्यरत रहेका पाईयो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved