प्रश्नपत्र लिक भएपछि नर्सिङको नतिजा स्थगित, ३ जना पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2023 | 10:17:31 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रश्नपत्र लिक भएपछि नेपाल नर्सिङ परिषदको लाइसेन्स परीक्षाको नतिजा स्थगित भएको छ। शनिबार बनस्थलीथित सिद्धार्थ बनस्थली इन्स्टिच्यूटमा भएको नसिंङ काउन्सिलको नाम दर्ता परीक्षाको प्रश्नपत्र लिक भएपछि नतिजा स्थगित भएको हो। 

नाम दर्ता परीक्षामा परीक्षार्थीले प्रश्नपत्रको फोटो खिचेर म्यासेन्जर ग्रुपमा हालेर प्रश्नपत्र लिक गराएका थिए। त्यसपछि सोही ग्रुपमा आएको उत्तर उनीहरुले उत्तरपुस्तिकामा सारेका थिए। नेपाल प्रहरीले प्रश्नपत्र लिक गराउने परीक्षार्थीका मोबाइल पनि बरामद गरेको छ ।

नेपालका चारवटा परिक्षा केन्द्रबाट कुल ६००० जनाको लागि नाम दर्ता परिक्षा लिईएको नेपाल नर्सिङ परिषदकि प्रशासकिय अधिकृत तथा सुचना अधिकारी रेखा गिरिको भनाई छ। 

तीन जना पक्राउ  

नेपाल नर्सिङ परिषदको लाइन्सेस परीक्षाको प्रश्नपत्र लिक गराएको आरोपमा तीन जना पक्राउ परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका  छन्। उनकाअनुसार पक्राउ पर्ने परीक्षार्थीमा कास्कीकी २० वर्षीया समीक्षा थापा, धादिङकी २३ वर्षीया सविना आले र कास्कीकी २० वर्षीया भावना गुरुङ रहेका छन्। 

त्यस्तै प्रहरीले अल ब्राइट इन्स्टिच्यूट पोखराका गाडी चालक तनहुँ घर भएका ५० वर्षीय चिजकुमार श्रेष्ठलाई बोलाएको बेला उपस्थित हुने सर्तमा छाडेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved