अर्थमन्त्री शर्माले रुकुम पश्चिमबाट दिए उम्मेदवारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2022 | 03:02:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा माओवादी केन्द्रका नेता एवम अर्थ मन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । आज अपरान्ह खलङ्गामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिमबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

विसं २०६४ देखि रुकुमबाट चुनाव लड्दै आएका शर्माले यो पटक पनि रुकुम पश्चिमबाटै उम्मेदवारी दिएका हुन् । त्यस्तै प्रदेशसभा क्षेत्र नं ‘क’ बाट महेन्द्र केसी र प्रदेशसभा क्षेत्र नं ‘ख’ बाट राजकुमार शर्माले उम्मेदवारी दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved