अटेरी प्रधानमन्त्री: ब्यक्तिगत स्रोतमा भन्दै सेनाकै हेलिकोप्टरमा धनगढी पुगे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2022 | 06:42:18 PM मा प्रकाशित

laxmi  sunrise bank
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा धनगढी पुगेका छन्। बुधबार देउवा नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी पुगेका हुन्। देउवा सवार हेलिकोप्टर धनगढीको बोराडाँडीस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण भएको हो। देउवा आज धनगढीमा बस्ने र भोलि दिउँसो १२ बजे डडेल्धुरा जाने बताइएको छ।

बिहीबारदेखि चार दिन उनी आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको गृह जिल्ला डडेल्धुरामा चुनावी प्रचारमा जाने कार्यक्रम छ। उनले श्रीमती आरजु राणा देउवामार्फत निर्वाचनका लागि उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका थिए। देउवाले भोलि डडेल्धुरको अमरगढी नगरपालिकास्थित बसपार्कमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

डडेल्धुरा कांग्रेसका अनुसार १८ गते बिहान नवदुर्गा गाउँपालिकाको खुनी र दिउँसो गन्यापधुरा गाउँपालिकाको बडाल, १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रुपाल तथा २० गते आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। ती सभामा सत्ता गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्य पदका उमेदवार रहेका खगराज भट्ट र गोविन्दराज बोहराले पनि सम्बोधन गर्ने तयारी छ ।

यसअघि प्रधानमन्त्री देउवा सरकारी खर्चमा निर्वाचन प्रचारप्रसारका लागि डडेल्धुरा जाने तयारीमा गरेको भन्दै यो आचारसंहित विपरित भएकोले अनुमति दिन नसकिने निर्वाचन आयोगले बताएको थियो । देउवाले यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत आयोगसँग अनुमति मागेका थिए ।त्यसपछि देउवालाई निर्वाचन क्षेत्र डडेल्धुरा जान अनुमति दिएको छ। आयोग स्रोतका अनुसार सरकारी स्रोत साधन प्रयोग नगरी व्यक्तिगत वा पार्टीको खर्चमा मात्र प्रधानमन्त्री डडेल्धुरा जान पाउने बताइएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved