स्वागत गर्न लाइनमा बसेका सागर ढकालले देउवालाई माला लगाईदिनै पाएनन्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2022 | 07:26:28 PM मा प्रकाशित

laxmi  sunrise bank
 डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेको सागर ढकालले प्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतमा माला लगाउन नपाएपछि फूलले टाढैबाट पुजेका छन् । डडेल्धुरा बसपार्कस्थित आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न पुगेका कांग्रेस सभापति समेत रहेका देउवालाई माला लगाउन नपाएपछि टाढैबाट फूलले पूजेका हुन् ।

उनले दिएको माला प्रधानमन्त्रीका निजी सुरक्षा गार्ड (पिएसओ) ले समाते । ढकाल भने रोकिएनन् । उनले हातमा राखेको फूल टाढैबाट देउवालाई चढाए ।
‘त्यसो किन गर्नुभएको ?’ भन्ने प्रश्नमा ढकाल भन्छन्, ‘मेरो प्रतिस्पर्धी भएपनि उहाँ देशको प्रधानमन्त्री । उहाँ हजुरबुवाको उमेरको । मैलै सम्मानस्वरुप उहाँलाई फूलले पूजेको हुँ ।’

देउवालाई स्वागत गर्न ढकाल पनि माला लिएर लाइन लागेका थिए।  ढकालले पत्रकारसँग कुरा गर्दै विदेशमा पनि यस्तो संस्कार रहेको बताउँदै उनले सम्बोधन गर्ने कार्यक्रममा पनि आफूले बोल्न समय माग्ने बताएका थिए । उनले राजनीतिक संस्कारका लागि यस्तो गरेको बताएका थिए ।

श्रीमती आरजु राणा देउवामार्फत् मनोनयन दर्ता गराएका देउवा आज आफ्नो निर्वाचन क्षेत्रमापुगेका हुन्। देउवाले भोलि बिहान नवदुर्गा गाउँपालिकाको खुनी र दिउसो गन्यापधुरा गाउँपालिकाको बडाल, १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउसो भागेश्वर गाउँपालिकाको रुपाल तथा २० गते आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्नेछन् । 

देउवा विरुद्द ढकाल सो क्षेत्रबाट उम्मेदवार छन्  ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved