बर्दियाको एक मतदान केन्द्रमा विस्फोट, मतदाताहरु भागाभाग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2022 | 10:27:35 AM मा प्रकाशित

laxmi  sunrise bank

बर्दियाको प्रतिनिधिसभा क्षेत्र नम्बर १ स्थित गुलेरिया २ को नेरा सम्भुशरणा प्रा.वि. खैरापुर मतदान केन्द्रमा विस्फोट भएको छ । 

मतदान सुरू भएको केही समयमै स्कूलको छतमा राखिएको बम विस्फोट भएको त्यहाँबाट पत्रकार यज्ञप्रसाद सापकोटाले जानकारी दिएका छन् । विस्फोट भएपछि मतदाता भागाभाग भएका छन्  ।

भागाभाग हुँदा एक जना वृद्व लडेका छन् । उनलाई के भयो भन्ने जानकारी आइसकेको छैन ।

अहिले त्यसक्षेत्रमा सुरक्षाकर्मीको ब्यापक परिचालन गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved