सिरहामा माधब नेपाल र उपेन्द्र यादवका कार्यकर्ताबीच मतपेटिका खोसाखोस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2022 | 11:20:20 AM मा प्रकाशित

laxmi  sunrise bank

सिरहामा २ पार्टीका कार्यकर्ताबीच मतपेटिका खोसाखोस भएको छ । जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकिकृत समाजवादी पार्टीका कार्यकर्ताबीच मतपेटिका खोसाखोस भएको हो । 

सिरहाको कर्जन्हा–६ स्थित जनता माविमा रहेको मतदान केन्द्रमा मतपेटिका खोसाखोस भएपछि प्रहरीले हवाइफायर गरेको छ । 

स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले बताए । 

मतपेटिका तानातानले केहीबेर तनाव भए पनि अहिले भने मतदान सुचारु भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved