कास्कीमा मतदान गर्न छिरेका मतदाताले मतपेटिका नै फुटाइदिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2022 | 12:03:19 PM मा प्रकाशित

laxmi  sunrise bank

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटाएका छन् ।

माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीया सूर्य परियारले आज बिहान पौने ११ बजेतिर मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका हुन् । 

उनले मतपेटिका फुटाएपछि केहीबेर मतदान रोकिएको थियो ।

त्यसको आधा घण्टापछि पुनः पुनः मतदान सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मतपेटिका फुटाएका परियारलाई प्रहरी निरीक्षक समीक्षा घिमिरे नेतृत्वको टोलीले नियन्त्रणमा लिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved