भोट खसालेपछि ओली, देउवा, प्रचण्ड र माधबले के भने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2022 | 12:55:02 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले डडेल्धुरा जिल्लाको गन्यापधुरा १ मा अवस्थित रुवाखोलास्थित असिग्राम मा.वि.बाट मतदान गरेका छन्। उनले लोकतन्त्रको सबैभन्दा राम्रो पक्ष जनताले मतदान गरेर आफ्नो प्रतिनिधि चुन्नु रहेको कारण आफ्नो मताधिकार प्रयोग गर्नुपर्नेमा जोडि दिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि भक्तपुरबाट मतदान गरेका छन्। झापाबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका उनले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ बाट मतदान गरेका हुन् । उनले एमालेको पक्षमा मतपरिणाम आउनेमा ढुक्क रहेको दाबी गरेका छन् । 

‘एमालेले बहुमत ल्याउँछ, एमालेले बहुमतको सरकार बनाउँछ’ ओलीले दाबी गर्दै भने, ‘एमालेको नेतृत्वमा मंसिर १५ सम्मै बहुमतको सरकार बन्छ, ढिलो गरिराख्नु पर्ने कुनै कारण छैन ।’

त्यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित प्रहरी स्कुल शिवनगर पुगेर मतदान गरेका छन् । मतदान सकेर उनी आफ्नो निर्वाचन क्षेत्र गोरखा पुगिसकेका छन् । 

मतदानपछि उनले तोकिएकै समयमा निर्वाचन हुनु संविधान र सिस्टमले काम गर्दैछ भन्ने कुराको प्रमाण भएको भन्दै गठबन्धनले सहजै बहुमत ल्याउने दाबी गरे । उनले गठबन्धनभित्र प्रधानमन्त्री को बन्ने भनेर छलफल हुन बाँकी रहेको बताए । 

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले रौतहटको रामजानकी कन्या आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन्। उनले निर्वाचनका विकृति रोक्नुपर्ने बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved