दोलखामा गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरे, एमालेका प्रतिनिधि घाइते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2022 | 01:30:11 PM मा प्रकाशित

laxmi  sunrise bank

दोलखामा विभिन्न ठाउँमा सत्ता गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरेका छन् । 

दोलखाको तामाकोशी गाउँपालिका–२ जफेको कालापनी र जामुने मतदान केन्द्रमा सत्तागठबन्धनका नेता कार्यकर्ताले बुथ कब्जा गरेका हुन् ।

४ नम्बर वडाको मालु मतदान केन्द्र पनि गठबन्धनका कार्यकर्ताले नियन्त्रणमा लिएका छन् । त्यहाँ एमालेका बुथ प्रतिनिधिमाथि आक्रमण गरेर घाइते छन् । 

उम्मेदवार कुन्दनराज काफ्ले आफैँ युवाहरूसहित ४ वटा गाडी लिएर बुथ कब्जा गर्न हिँडेको आरोप विपक्षीले लगाएको छ । उनी दोलखा १ मा कांग्रेसबाट प्रदेशसभा १ का उम्मेदवार छन् ।

जिरी नगरपालिकाको ठूलोपातालमा पनि बुथ कब्जाको प्रयासपछि हवाई फायर भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved