दार्चुलामा ३ राउण्ड हवाई फायर, मतदान स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2022 | 02:04:27 PM मा प्रकाशित

laxmi  sunrise bank

दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन मा.वि. ग्वानी बगौरा मतदान केन्द्रमा हवाई फायर भएको छ । 

मतहाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरुले हालेको पाएपछि विवाद भएको हो । हवाई फायर पछि अहिले मतदान रोकिएको छ ।

विवाद भएपछि प्रहरीले सम्झाउने क्रममा एक जना महिलाको टाउकोमा लठ्ठीले लागेको थियो ।

त्यसपछि स्थानीयबासिन्दाले आक्रोशित हुँदै ढुंगामुठा गर्न थाले । ढुंगामुठा हुन थालेपछि ३ राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved