बागलुङमा मतपत्र च्यातियो, मतदान स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2022 | 04:06:27 PM मा प्रकाशित

laxmi  sunrise bank

बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवाको जनता मा.वि. मतदान केन्द्रमा मतदान स्थगित भएको छ। 

बिहानबाट मतदान भइरहेको भएपनि दिउँसो २ बजे एक पक्षले मतदानस्थलमा प्रवेश गरेर मतपत्र च्यातेपछि मतदान स्थगित भएको मतदान अधिकृत कृष्ण प्रसाद ढकालले बताए । 

हस्ताक्षर विनाकै मतदान भएको भन्ने हल्ला भएपछि एक समूह मतदानस्थलमा प्रवेश गरेर मतपत्र च्यातेको थियो । 

अहिले मतदान स्थगित भएको र मतदानस्थल प्रहरीको नियन्त्रणमा रहेको मतदान अधिकृत ढकालले बताए । कति मतपत्र च्यातिएको छ भन्ने पनि यकिन भइसकेको छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved