जब मतपेटिकामा पूर्व लडाकुले एसिड प्रहार गरे...

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2022 | 04:58:11 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्व नवलपुरमा एसिड प्रयोग गरि एक मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ । जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत पर्ने देवचुली नगरपालिका ४ को शान्ति श्रृजना केन्द्र झाक्रेस्थित मतदान केन्द्रको मतपेटिकामा एसिड प्रयोग गरि आगजनी भएको हो ।

मतपेटिकामा मतपत्र खसाएपछि नारायण भण्डारीले एसिड प्रयोग गरि आगो लगाएका हुन् । उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनी पूर्वलडाकु रहेको बुझिएको छ ।

मतपेटिकामा आगजनी भएपछि अहिले मतदान रोकिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख लालप्रसाद शर्मा भुसालले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved