काठमाडौँका यी १० स्थानमा मतगणना हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2022 | 06:00:20 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँका १० वटा निर्वाचन क्षेत्रहरुको मतगणना फरक फरक १० ठाउँमा हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार सबै मतगणनास्थलमा तारजाली र सीसीटिभी क्यामरा जडान गरिएको छ ।

काठमाडौं क्षेत्र नं. १ को मतगणना अन्तराष्ट्रिय सम्मेलनमा केन्द्रमा हुनेछ । 

क्षेत्र नम्बर २ को मतगणना राधाकृष्ण मन्दिर थलीमा, क्षेत्र नम्बर ३ को चामुण्डा स्कुल जोरपाटीमा, क्षेत्र नम्बर ४ को चपलीस्थित ज्येष्ठ नागरिक भवन र क्षेत्र नं. ५ को मतगणना टोखाको श्रीसमाज भवनमा हुने जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए ।

क्षेत्र नम्बर ६ को मतगणना धर्मस्थलीमा र क्षेत्र नम्बर ७ को मतगणना बालाजुको जुडो हलमा हुनेछ ।

क्षेत्र नम्बर ८ को मतगणना स्वयम्भुको गितामाता स्कुलमा, क्षेत्र नम्बर ९ को मतगणना नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रविभवनमा र क्षेत्र नम्बर १० मतगणना त्रिभुवन विश्वविद्यालयको स्मृती भवनमा हुनेछ ।

आजैबाट मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved