२६८ रोजगार संयोजकका लागि करिब १० हजारको आवेदन, कुन प्रदेशबाट कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2019 | 09:08:04 PM मा प्रकाशित

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यन्वयनका लागि दोस्रो पटक माग गरिएको रोजगार संयोजकका लागि करिब १० हजारले आबेदन दिएका छन। २ सय ६८ जना संयोजकका लागि ९ हजार ८ सय ७४ जनाको आवेदन परेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। 

मन्त्रालयकाअनुसार अधिकृतका लागि ६ हजार ९ सय ७१ जना र नायब सुब्बाका लागि २ हजार ९ सय ३ जनाको आवेदन परेको छ। फागुन ३० गतेदेखि आज (चैत ८) सम्मको लागि आबेदन खुला गरिएको थियो। 

आवेदनहरुबाट तोकिएको मापदण्डका आधारमा स्वचालित कम्प्युटर प्रणालीबाट माग गरिएको सङ्ख्याको तीन गुणा बढीको नाम अबको १० दिनपछि प्रकाशित गरिने र त्यसपछि कम्प्युटर प्रणालीबाटै परीक्षा लिएर संयोजक छनौट गरिने जनाइएको छ।        

नायब सुब्बाका लागि सबैभन्दा बढी कर्णाली प्रदेशबाट ८७२ जनाले आबेदन दिएका छन भने अधिकृतको लागि सबै भन्दा बढी प्रदेश ३ बाट १६२० जनाले आबेदन दिएका छन। 

प्रदेश १ मा आवश्यक १३० अधिकृत मध्ये ६७ जनाको पदपूर्ति भईसकेको छ भने अब अधिकृत तहमा ६३ जनाको पदपूर्ति हुन बाँकी छ। त्यस्तै ७ जना नायब सुब्बा माग गरिएकोमा ५ जना उत्तीर्ण भईसकेका छन भने अब २ जनाको पदपूर्ति हुन बाँकी छ। 

प्रदेश २ मा आवश्यक १२६ अधिकृत मध्ये ९८ जना पास भएका छन भने अब ३८ जनाको पदपूर्ति हुन बाँकी छ। त्यस्तै ११२ नायब सुब्बा चाहिएकोमा ९५ जना पास भएका छन भने अब १७ जनाको पदपूर्ति हुन बाँकी छ। गण्डकी प्रदेशमा ७४ जना अधिकृत चाहिएकोमा यसअघि ६१ जनाले मात्र नाम निकालेका छन। अब १३ जना अधिकृत छनौट हुन बाँकी छ। 

प्रदेश ५ मा अधिकृत तहमा चाहिने जति उम्मेदवार पहिलो लटमै उत्तीर्ण भईसकेका छन भने नायब सुब्बामा ६२ जना मध्ये २० जना मात्र पास भएका छन। कर्णाली प्रदेशमा ६२ अधिकृत चाहिएकोमा २० जना मात्र उत्तीर्ण भएका छन् भने १७ जना सुब्बा चाहिनेमा ९ जनाले मात्र नाम निकालेका छन्। त्यस्तै  सुदूरपश्चिममा ८२ जना अधिकृत चाहिएकोमा ३३ जना मात्र उत्तीर्ण भएका छन् । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved