बैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई एनएमबी बैंकले सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको छ । बैंकले प्रति व्यक्ति १० लाखका दरले ऋण दिने भएको हो । तत्कालको लागि १ अर्बसम्म ऋण प्रदान गरिने र माग र आवश्यकता अनुसार थप ऋण प्रदान गरिने बैंकले जनाएको छ ।
ऋण प्रदान गर्ने बिषयमा एनएमबि बैंक, राष्ट्रिय युवा परिषद, र रिटर्नी माइग्रेन्ट नेपालबीच मंगलबार त्रिपक्षीय सम्झौता भएको छ । सम्झौता अनुसार राष्ट्रिय युवा परिषदको सिफारिसमा र रिटर्नी माइग्रेन्टको सिफारिसमा एनएमबी बैंकले प्रति व्यक्ति १० लाखसम्म ऋण प्रदान गर्ने छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकिकृत कार्यविधि, २०७५ अनुसार ऋण प्रदान गर्न लागिएको हो ।