सरकारले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्नको लागि योग्य रहेका संस्थाहरुको सुची सार्वजनिक गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारको स्वास्थ्य परिक्षणको लागी आवेदन दिएका २९० मध्ये ९९ संस्था मात्र योग्य रहेको जनाएको हो ।
यी ९९ संस्थाले मलेशिया सरकारबाट प्राप्त मापदण्ड पुरा गरेको मन्त्रालयले जनाएको छ । योग्य नरहेका संस्थाको हकमा मन्त्रालयले योग्य नहुनुको कारण समेत उल्लेख गरेको छ ।
यसअघि मलेसिया जाने कामदारको स्वास्थ्य परिक्षण ३७ वटा मेडिकलबाट मात्रै हुँदै आएको थियो ।
हेर्नुस योग्य रहेका ९९ संस्थाको सुची :