संयुक्त अरब इमिरेट्स (यूएई) मा गत आर्थिक वर्ष २०७५/०७६ मा ९८ जना नेपालीले ज्यान गुमाएका छन् । नेपाली दूतावास आबुधाबीका अनुसार मृत्यु हुनेमा ९३ जना पुरुष र ५ जना महिला छन् । यो सँख्या पछिल्लो ६ वर्ष यताकै धेरै हो ।
प्राकृतिक कारणले ४८ जना पुरुषले मृत्युबरण गरेका छन् । तथ्यांक अनुसार २१ पुरुष र २ जना महिलाले आत्महत्या गरेका छन् । त्यस्तै बिभिन्न दुर्घटनामा परेर २ जना महिला सहित २१ पुरुषको ज्यान गएको छ ।
तथ्यांकमा १ जना महिलासहित ३ जना पुरुषको हत्या भएको उल्लेख छ ।