श्रमस्वीकृति लिएर मात्र प्लेन टिकट लिन विभागको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2020 | 10:49:57 AM मा प्रकाशित

nepal oil ltd

वैदेशिक रोजगार कार्यालय ताहाचलले श्रम स्वीकृति लिएर मात्रै टिकट लिन सेवाग्राहीहरुलाई आग्रह गरेको छ । पछिल्लो समय वैदेशिक रोजगारीका लागि जानेहरुले टिकट जारी भएको भन्दै श्रम स्वीकृति लिन आउन थालेपछि विभागले स्वीकृति लिएरमात्र टिकट लिन आग्रह गरेको हो । 

कार्यालयले एक सूचना प्रकाशन गर्दै श्रम स्वीकृति नलिई टिकट आदि व्यवस्था नगर्न र त्यसरी टिकट लिई श्रम स्वीकृति हुन नसकेमा कार्यालय जवाफदेही नहुने जनाएको छ । वैदेशिक रोजगारमा काममा जाँदा अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्ने र कसैको श्रम स्वीकृतिको म्याद बाँकी भए ९१ दिनभन्दा अगाडी नै स्वीकृति लिनुपर्ने जनाईएको छ । 

सेवाग्राहीको टिकट नछुटोस् भन्दै कार्यालयले वैदेशिक रोजगार विभागसँग समन्वय गरी टिकट, पीसीआर परीक्षणको रिपोर्ट तथा भिसा समाप्त हुनेका हकमा सो काजगात हेरी टोकन अगाडि सारेर समेत सेवा प्रवाह गर्दै आएको उल्लेख गरेको छ । यसरी सेवा प्रवाह गर्दा कार्यालयको कार्यसम्पादनमाथि प्रश्न उठ्ने भन्दै कार्यालयले टोकन अगाडि सारेर सेवा  प्रवाह नगर्ने जानकारी दिएको हो । 

कार्यालयले श्रम स्वीकृति नवीकरणतर्फ सेवाग्राहीको माग एवं चापलाई ध्यानमा राखी आईतबारबाट दैनिक ३ सयवटा टोकन जारी गरी श्रमस्वीकृति जारी गर्ने जनाएको छ । श्रमस्वीकृति नविकरणका लागि सेवाग्रीहीको भिडबढेपछि विभागले दैनिक ३ सय वटा टोकन वितरण गरी सोहीका आधारमा स्वीकृति दिने जनाएको हो ।  


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved