कतार प्रहरीका लागि रकम बुझाएकालाई सम्पर्कमा आउन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2020 | 01:48:03 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगार विभागले रोजगारीका लागि कतार प्रहरीमा जान रकम तथा पासपोर्ट बुझाएका श्रमिकहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ । पछिल्लो समय विभिन्न म्यानपावर कम्पनीहरुले मागको प्रमाणिकरण बिना नै गोप्य रुपमा अन्तर्वार्ता लिएको भेटेपछि विभागले सोमबार एक सूचना प्रकाशन गर्दै रकम बुझाएकाहरुलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो । 

विभागले यथेष्ट प्रमाण सहित वैदेशिक रोजगार विभाग, नजिकको श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनसमेत अनुरोध गरेको छ । म्यानपावर कम्पनीहरुले कतार प्रहरीमा पठाउने भन्दै प्रतिव्यक्ति रु १० लाखसम्म रकम माग गरेको विभागमा उजुरी परेको जनाईएको छ । विभागमा उजुरी परेअनुसार मंसिर ८ र ९ गते तीनवटा म्यानपावर कम्पनीमा विभागले छापा समेत मारेको थियो । 

विभागले लाजिम्पाटमा रहेको होप इन्टरनेशनल प्रालि, धापासीमा रहेको एसओएस म्यानपावर सर्भिस प्रा.लि र गौरीघाटमा रहेको डीडी ह्युमन रिसोर्स प्रा.लीलाई कारवाही गर्दै ६ महिना निलम्बन गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved