पुरानै व्यवस्थाबाट साउदी पठाउन सुरु, एसईई पास हुनु नपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2023 | 05:29:21 PM मा प्रकाशित

laxmi  sunrise bank

पुरानै व्यवस्थाबाट  साउदी अरेबिया पठाउने प्रक्रिया सुचारु भएको छ । यस अघि नेपालस्थित साउदी दूतावासले एसईई वा एसएलसी उत्तीर्ण नगरेकाहरु साउदी अरब जान नपाउने गरी नयाँ व्यवस्था लागू गरेकोमा अब भने एसईई वा एसएलसी उतिर्ण नगरेपनि साउन जान सकिने भएको हो

 नेपाल वैदेशिक रोजगार व्यावसायी संघले  श्रम, रोजगार तथा सामाजिक सुरक्षा र परराष्ट्र मन्त्रालयलाई  सो व्यवस्था कुनै पनि हालतमा मान्य नहुने जानकारी गराउदै  कुटनैतिक पहल मार्फत समस्या समाधानमा जति सक्दो छिटो निर्णायक भूमिका निर्वाह गरिदिन अनुरोध गरेको थियो। संघका अनुसार संघको आग्रहपछि परराष्ट्र मन्त्रालय र साउदी दुतावाससंग संवाद भएको थियो  । 

छलफलपछि जसरी पहिले पासपोर्ट बुझाउने गरिएको थियो सोहि अनुसार नै शैक्षिक प्रमाणपत्र समावेश नगरि पाससपोर्ट बुझाउन सकिने व्यवस्था दुतवासले गरेको नेपाल वैदेशिक रोजगार व्यावसायी संघका महासचिव मेघनाथ भुर्तेलले बताए । साउदी दुतावासले साउदी कामदार पठाउने म्यानपावरलाई व्यक्तिगत रुपमा इमेल गरेर पुरानै प्रकृयाबाट भिसा दिने भनेपछि संघले पनि अनौपचारिक नोटिस निकालेको महासचिव भुर्तेलको भनाई छ। 

साउदीले एसई सर्टिफिकेट प्रमाणिकरणको व्यवस्थाबारे सूचना निकालेपछि आफुहरुले परराष्ट्र र श्रम मन्त्रालयलाई यसबारे जानकारी दिएपछि मन्त्रालयसँगको संवादपछि दुतावास पुरानै प्रकृयामा फर्किएको हो। साउदी कामदार पठाउने म्यानपावरले विरोध जनाएपछि आजदेखि पुरानै प्रकृयाबाट भिजा दिन थालेको भुर्तेलले जानकारी दिए।

यो पनि : पुरानै व्यवस्थाबाट साउदी पठाउन सुरु, एसईई पास हुनु नपर्ने

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved