श्रम स्वीकृति लिनेको संख्या घट्यो, युद्धग्रस्त रुसको लागि २ जनाले लिए स्वीकृति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2024 | 12:23:41 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगारीमा जानका लागि श्रम स्विकृति लिनेहरुको संख्या घटेको छ । मसिंरको तुलनामा पौषमा श्रम स्विकृती लिने नेपालीको संख्या ७.६७ प्रतिशतले घटेको हो । 

पौष महिनमा ६५ हजार ८१३ जनाले श्रम स्वीकृति लिएका छन् । जसमध्ये ५९ हजार ७२९ जना पुरुष छन् भने ६ हजार ८४ जना महिला रहेका छन् । मसिंरमा यसरी श्रम स्वीकृति लिनेको संख्या ७१ हजार २२६ रहेको थियो । जसमध्ये ६४ हजार ३४२ पुरुष र ६ हजार ९३४ महिला थिए । 

यो पौषमा व्यक्तिगत र संस्थागत गरेर १०५ देशका लागि श्रम स्वीकृति  लिएका छन् । यसरी स्वीकृति  लिने मध्ये ३४ हजार ४१५ जना नयाँ स्विकृती लिनेहरु र ३१ हजार ३९८ जना पुन श्रम स्वीकृति  लिनेहरु रहेका छन् । यो महिना सबैभन्दा धेरै संयुक्त अरब ईमिरेड (यूएई) का लागि स्वीकृति  लिएका छन् । यूएईका लागि पौष महिनामा १६ हजार ३८५ जनाले स्वीकृति  लिएका हुन् । 

त्यसैगरी साउदी अरबका लागि १४ हजार ३०७ जनाले स्वीकृति  लिएका छन् भने कतारका लागि १४ हजार १८ जनाले श्रम स्वीकृति  लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार मलेसियाका लागि ८ हजार ९१ जना कुवेतका लागि ३ हजार ५१८ जना, दक्षिण कोरियाका लागि १ हजार ४२५ र जापानका लागि १ हजार १९९ जनाले स्वीकृति  लिएका छन् । 

यसैगरी युद्धग्रस्त देश रसिया जानका लागि पनि २ जनाले स्वीकृति  लिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved