ईपीएस कोरिया शाखाले फिर्ता गर्यो परीक्षार्थीले तिरेको अतिरिक्त रकम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2024 | 03:37:46 PM मा प्रकाशित

laxmi  sunrise bank

परीक्षाको फारम भर्दा बढी भुक्तानी भएको रकम ईपीएस कोरिया शाखाले  फिर्ता गरेको छ । उत्पादनमूलक क्षेत्रको परीक्षाको आवेदन फारम भर्दा बढी शुल्क भुक्तानी गरेका विद्यार्थीको बैंक खातामा नै रकम फिर्ता गरिदिएको शाखाले जनाएको छ । 

उत्पादन क्षेत्रमा पौष २ गते देखि ६ गतेसम्म र १६ गतेदेखि २० गतेसम्म आवेदन दिने समय थियो । शाखाका अनुसार सो समयमा परीक्षाको लागि आवेदन फारमको शुल्क अनलाईनबाट भुक्तानी गर्दा केहि आवेदकहरुले धेरै भुक्तानी गरेका थिए । शाखाको सिस्टम समस्या आएपछि एक पटक भुक्तानी गर्दा पनि भुक्तानी भएको नदेखाएपछि धेरै विद्यार्थीले २ पटकसम्म रकम भुक्तानी गरेका थिए । 

यसरी धेरै भुक्तानी गर्देहरुको रकम उनीहरुले भुक्तानी जुन बैंक खाताबाट गरेका थिए सोहि खातामा रकम फिर्ता गरिदिएको शाखाका एक अधिकारीले जानकारी दिए । 

'मिति २०८०।०९।०२ देखि मिति २०८०।०९।०६ सम्म र मिति २०८०।०९।१६ देखि मिति २०८०।०९।२० सम्म सन् २०२३ को उत्पादनमूलक क्षेत्र (Manufacturing sector) को कोरियन भाषा परीक्षा (EPS-TOPIK ) को आवेदन फारम भर्दा एउटै Passport मा एक भन्दा बढी पटक आवेदन शुल्क भुक्तानी भएका आवेदकहरुको बढी भुक्तानी भएको शुल्क जुन Account बाट भुक्तानी आएको हो सोही Account मा फिर्ता गरिएको हुँदा परीक्षा फारम भर्दा प्रयोग गरेको आफ्नो Account check गर्न हुन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ ।’, शाखाले जारी गरेको सूचना । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved