जापान पठाउने म्यानपावरहरुलाई संस्था नवीकरण गर्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2024 | 07:33:18 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगार विभागले जापान ईन्टरनेशनल ट्रेनिङको अपरेसन अर्गनाइजेसन (JITCO) अन्तर्गतका म्यानपावर व्यवसायीलाई नवीकरणको लागि आवेदन दिन आह्वान गरेको छ । विभागले नवीकरणको लागि जनवरी ३१ तारीखसम्म आवेदन दिन भनेको छ। 

विभागले आइतवार एक सूचना जारी गर्दै ३१ जनवरी २०२४ सम्म नवीकरण  अवधि कायम भएका संस्थाहरुलाई ३१  जनवरी २०२५ सम्मका लागि नवीकरण गर्न भनेको हो । यसरी नवीकरणको लागी १० हजार रुपैया बुझाएको सक्कलै रसिद विभागमा बुझाउनुपर्ने छ । 

यस्तै गत आर्थिक वर्षमा JITCO मार्फत कामदार पठाएको संख्या, आ.व. ०७८।०७९ को कर चुक्ता प्रमाण पत्र लगायत कागजात नवीकरणका लागि चाहिने विभागले उल्लेख गरेको छ ।

नवीकरण गर्दा  संस्थाको निवेदन, नवीकरण दस्तुर रु. १००००/- बुझाएको सक्कलै रसिद, अघिल्लो नवीकरण मिति खुलेको सूचिकृत प्रमाणपत्रको प्रतिलिपी, JITCO मार्फत आ.व. ०७९।०८० मा पठाएका कामदारको संख्या, आ.व. ०७८।०७९ को कर चुक्ता प्रमाण पत्र, आ.व. ०७८।०७९ को कम्पनी अध्यावधिक पत्र र इजाजत प्राप्त संस्थाको दर्ता प्रमाणपत्र पेश गर्नु पर्ने विभागले जनाएको छ । 

हेर्नुस् सूचना : 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved