व्यक्तिगत श्रम स्वीकृतिले निम्तिएका समस्या समाधानको लागि तात्यो मन्त्रालय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2024 | 07:13:02 PM मा प्रकाशित

laxmi  sunrise bank

व्यक्तिगत श्रम स्वीकृतिले निम्त्याएका समस्या समाधानको लागि  श्रम, रोजगार तथा सामाजिक सूरक्षा मन्त्रालयले पहल थालेको छ। व्यक्तिगत श्रम स्वीकृतिलाई समस्या नआउने गरि कसरी सरलीकृत गर्न सकिन्छ भन्नेबारे आज मन्त्रालयमा छफलफल भएको  हो । 

श्रम सचिव केवल प्रसाद भण्डारीको नेतृत्वमा भएको छलफलमा मन्त्रालयका प्रवक्ता तथा सहसचिव राजिव पोख्रेल र उपसचिवहरुको सहभागीता रहेको थियो । त्यसैगरी वैदेशिक रोजगार विभागका पदाधिकारी सहभागी थिए । 

छलफलबाट हाल कुनै निर्णय भने भइनसकेको छलफलमा सहभागी एक उच्च अधिकारीले बिजपाटीलाई बताए । उनले व्यक्तिगत श्रम स्विकृतिले जन्माएका ठगी लगायतका घटनाबारे छलफल भएको भएपछि समाधान कसरी गर्ने भन्ने निर्णयमा नपुगेको उल्लेख गरे । अबको बैठकबाट केहि निर्णय हुने उनको भनाई छ । 

पछिल्लो समय  व्यक्तिगत श्रम स्विकृतिबाट ठगी लगायतका घटना हुने क्रम बढेको मन्त्रालयका पदाधिकारीहरु बताउँछन् ।पछिल्लो समय व्यक्तिगत श्रम स्विकृति लिनेको संख्या वृद्धि भएको छ । गत आर्थिक वर्षमा कुल स्विकृति लिनेमध्ये ४८ प्रतिशतले व्यक्तिगत स्विकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । उक्त अवधिमा संस्थागत स्विकृति लिनेहरु ५२ प्रतिशत थिए । तर, सो प्रतिशत बढेर चालु आवको पौष महिनामा व्यक्तिगत स्विकृति लिनेहरु ६० प्रतिशत पुगेका छन् भने संस्थागतको हिस्सा ४० प्रतिशतमा झरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved