दुबईमा जब फेयर गर्ने तयारीमा नेपालका म्यानपावर व्यवसायी, संघले थाल्यो छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2024 | 05:59:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले दुबईमा जब फेयर गर्ने भएको छ। आज एक कार्यक्रमको आयोजना गरि संघले यसबारे आन्तरिक छलफल गरेको हो। दुबईका रोजगारदाताहरुसंग नेपालका वैदेशिक रोजगार व्यवसायीको पहुँच विस्तारको उदेश्यले जब फेयर गर्नेबारे छलफल भएको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बिजपाटीलाई जानकारी दिए। 

जब फेयर गर्नेबारे छलफलमा सहभागी सबैजना सकारात्मक भएको भएपनि जब फेयरको मिति भने टुंगो लागिसकेको छैन। यद्यपि मध्य फेब्रुअरीतिर जब फेयर गर्ने योजना रहेको उनले बताए। तर मितिबारे ठोस निर्णय नभईसकेको उनले उल्लेख गरे। 

उनले भने, 'फेब्रुअरी मध्यतिर दुवईमा जब फेयर गर्न सकिन्छ कि भन्ने छलफल भयो तर निर्णय भने भएको छैन।’ त्यसबारे संघ आज दिउँसो २ बजेदेखि आन्तरिक छफलफमा जुटेको थियो ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य रुपमा बढेसंगै नेपालका म्यानपावर व्यवसायीहरुले सम्बन्धित देशका रोजगारदातासंग प्रत्यक्ष सम्बन्ध विस्तारमा केन्द्रित देखिन्छन्।

बिचौलियाहरु निषेध गरी रोजगारदातासंग सिधा सम्पर्क स्थापित गर्ने अवधारणालाई अघि सारी संघको समन्वयमा रोजगारीको गन्तव्य मुलुक दुबईमा यहि फागुन ३ गते जब फेयरको तयारी गरिएको संघले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved