फेब्रुअरी १५ मा यूएईमा 'जब फेयर' गर्ने वेरो संघकोे निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2024 | 09:52:23 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले यूएईमा जब फेयर गर्ने भएको छ । संघले यसबारे सोमबार आन्तरीक छफलफल गरेर फेब्रुअरी १५ तारिख फेयर गर्ने निर्णय गरेको हो ।

यूएईका रोजगारदाताबीच सिधा सम्पर्क स्थापित गर्ने उदेश्यले संघको समन्वयमा रोजगारीको गन्तव्य मुलुक यूएईमा उक्त फेयर गर्न लागेको संघले जनाएको छ ।  फेयरमा त्यहाँका सरकारका प्रतिनिधि, ठूला रोजगारदाता कम्पनी, चेम्बर आफ कमर्स लगायत यूएईका विभिन्न व्यवसायीक संघ संगठनसँग छलफल हुने जनाइएको छ । 

फेयरको लागि सूचना छिटै सार्वजनिक गर्ने संघका महासचिव मेघराज भुर्तेलले जानकारी गराए । उक्त फेयरमा सहभागी हुन चाहने नेपालका म्यानपावर व्यवसायीहरुलाई सूचना निकालेर नामावली संकलन गर्ने तयारी संघले गरेको छ । संघले उक्त सूचना सार्वजनिक गरेपछि म्यानपावर व्यवसायीहरुलाई विवरण उपलब्ध गराउन भनिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved