मलेसियामा नेपालीसहित आप्रवासी कामदारका लागि भिसा बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2024 | 08:59:29 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको लागि महत्वपूर्ण बैदेशिक रोजगारीको गन्तब्य मानिएको मलेसियामा नेपालीसहित आप्रवासी कामदारको लागि भिसा बन्द हुने भएको छ। मलेसियाले आप्रवासी कामदार व्यवस्थापनमा संकट बढ्दै गएको र बेरोजगारी र विपन्नतामा वृद्धि भएको भन्दै आप्रवासी कामदारको भिसा बन्द गर्ने भएको हो। 

मलेसियाले एक बिज्ञप्ती जारी गर्दै आप्रवासी कामदारको भिसा बन्द गर्न लागिएकोबारे जानकारी गराएको हो। जसअनुसार कलिंग भिसा र भिडीएन स्वीकृति जारी गर्ने अन्तिम म्याद ३१ मार्च २०२४ देखि विदेशी कामदारलाई देशमा प्रवेश रोक लगाउने निर्णय गरेको हो।

मलेसियाले कुल श्रम शक्तिको २५ प्रतिशत जनशक्ति आप्रवासी कामदारबाट पूर्ति गर्दै आएकोमा त्यो कोटा पुरा हुन लागेकाले यस्तो निर्णय लिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता राजीव पोख्रेलले बताए। मलेसियाको पछिल्लो निर्णयअनुसार आप्रवासी कामदार मे ३० सम्म मलेसिया पुगिसकेको हुनुपर्नेछ। 

मलेसियाले पछिल्लो समय १५ प्रतिशत मात्रै आप्रवासी राख्ने नीति तय गरेकोले यस्तो निर्णय लिएको जनाएको छ। मलेसियाले यदि कुनै पनि हालतमा आप्रवासी कामदार ल्याउनुपर्ने भएमा तोकिएको मितिभित्र कामदार ल्याउनलाई समेत भनिसकेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved