क्षतिपूर्ति वापत अरबौँ रुपैयाँ नेपाल ल्याउने प्रयासमा श्रममन्त्री अर्याल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2024 | 07:12:34 PM मा प्रकाशित

laxmi  sunrise bank

 श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले वैदेशिक रोजगारीमा गएका श्रमिकको हितका लागि नयाँ प्रयासको थालनी गर्ने बताएका छन् । जस अन्तर्गत वैदेशिक रोजगारीका क्रममा अंगभगं तथा मृत्यु भएका परिवारलाई क्षतिपूर्तिको विषयमा उनले नयाँ थालनी गर्ने बताएका हुन् । 

मंगलबार पत्रकारहरुसँग कुरागर्दै उनले विदेशमा कुनैपनि दुर्घटनाबाट कामदारको अंगभगं भएमा वा मृत्यु भएमा सम्बन्धित व्यक्ति तथा उसको परिवारले क्षतिपूर्ति पाउने बताए । मन्त्री अर्यालले सम्बन्धित देशले दिने कि रोजगारदाताले भन्ने बारे खुलाएनन् । तर, उनले अंगभंग तथा मृत्युको अवस्थामा त्यहाँको अदालतमा नेपाल सरकारले पहलगर्दा क्षतिपूर्ति प्राप्त हुने बताए । 

अहिले पनि यस्तो क्षतिपिूर्ति वापत नेपाली श्रमिकले अरबौ रुपैयाँ पाउँने अवस्था रहेको उनको भनाई छ । उनले त्यसकालागि पहल गर्ने बताएका हुन् । 

त्यसका लानि नेपालको अहिलेका संयन्तले नपुग्ने उनले बताए । उनले भने 'यस्तो क्षतिपूर्ति पाउँन सम्बन्धित देशको अदालतमा मुद्दा लड्नु पर्ने हुन्छ । त्यसको लागि हामीसँग भएको अहिलेको संयन्त्रले पुग्दैन् ।’  नेपालमा नै कानुनी सहायताका लागि एउटा टिम खडा गर्नुपर्ने उनको भनाई छ । 

त्यसको लागि मन्त्री अर्यालेले वैदेशिक रोजगार बोर्डको सचिवालयसँग पनि छलफल गरिसकेको बताए । उनका अनुसार गन्तव्य देशमा नेपालको नियोग भएको हुनाले उक्त नियोगको सहयोगमा त्यहाँका वकिल र नेपालका वकिलहरुको संयुक्त टिम बनाउनु पर्छ । यसरी संयुक्त टिम बनाएर क्षतिपूर्तिका लागि सम्बन्धीत देशको अदलत वा नियामक निकायसँग लडेर अरबौँ रकम नेपाल भित्र्याउन सकिने उनको भनाई छ । उक्त रकम प्राप्त भएपछि पीडित श्रमिक वा तिनका परिवारलाई यसले ठूलो राहत दिने उनले बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved