मन्त्रालय छोड्न तयार छु, गलत निर्णय गर्दिन्न : मन्त्री अर्याल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2024 | 07:49:00 PM मा प्रकाशित

laxmi  sunrise bank

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले कुनै हालतमा गलत निर्णहरु नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलबार पत्रकारहरुसँगको भेटघाट कार्यक्रम उनले मन्तालय नै छोड्न आफु तयार हुने तर गलत निर्णय नगर्ने प्रतिवद्धत्ता व्यक्त गरे । 

 पूर्व मन्त्रीहरुले गरेका राम्रा काम र निर्णयहरुलाई निरन्तरता दिने बताउँदै मन्त्री अर्यालले गलत निर्णय भने नगर्न बताए । उनले भने ' मन्त्रालय छोड्न तयार छु, तर गलत निर्णय गर्दिन्न।’ उनले यदि पहिलेका मन्त्रीहरुले गलत निर्णय गरेको भए त्यसलाई सच्याउने आशय व्यक्त गरे ।  पूर्व मन्त्रीहरुले गरेको राम्रा निर्णयलाई अझ राम्रो बनाउन आफु लागि पर्ने पनि उनले बताए ।

यस्तै उनले मन्त्रालयको सूचना लिक नहोस् भनेर मन्त्रालयमा छिर्नुअघि नाम टिपाउनु पर्ने व्यवस्था गरेको पनि जानकारी दिए। मन्त्रालय छिर्नुपूर्व प्रवेशद्वारामा सबैले कस्लाई भेट्ने हो उसको नाम, आफ्नो नाम, र मोबाईल नम्बर टिपाउनु पर्ने उनले उल्लेख गरे। यसले गर्दा सचिवको टेवलमा कुन फाईल छ, कुन सह सचिवकोमा कुन फाइल छ, भन्ने कुरा बाहिर जान नपाउने उनको भनाई थियो। 

यदि बाहिर लिक भएको खण्डमा यसरी नाम नम्बर टिपाएको खण्डमा कहाँ कस्ले लिक गर्यो भन्ने पत्ता लगाउँ सकिने उनको धारण छ । उनले यसरी कुन कर्मचारीको टेबलमा कुन फाईल छ भन्ने लिक भएको भन्ने सूचना आफुलाई आएपछि यस्तो व्यवस्था गरेको बताए । 

यसका साथै उनले पूर्व प्रस्थान अभिमुखिकरण तालिमको पाठ्यक्रम नै परिवर्तन गर्नुपर्ने बताएका छन् । विदेशमा गएका नेपाली श्रमिकलाई सुन बोक्ने भरिया पनि बनाइएको पाईएको भन्ने पत्रकारको कुरालाई जोड्दै उनले विदेशी कामदारले सुनको भरिया बन्न हुँदैन भनेर पनि नसिकाउने तालिमको औचित्य माथि प्रश्न गरे। 'विदेशमा गएर सुन बोकेर ल्याउँन हुँदैन, हवाई जहाँजमा ट्वाईलेट जाँदा ढोका राम्रोसँग लगाउनु पर्छ, ड्रग्स मदिरा आदि सेवन गर्न हुँदैन भनेर तालिममा सिकाउनु पर्दैन ?’ उनले प्रश्न गर्दै भने ' यति पनि नसिकाउने यो के को तालिम हो ?’ 

  तालिमको पठ्याक्रम नै परिवर्तन गर्नुपर्ने उनको भनाई थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved