ईपीएस भाषा परीक्षामा ६ हजार विद्यार्थी उत्तीर्ण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2024 | 04:35:28 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरिया रोजगारीको लागि उत्पादन मुलकतर्फ पहिलो चरणको ईपीएस भाषा परीक्षामा ६ हजार ३२१ जना परीक्षार्थी पास भएका छन् । फागुन ७ गतेबाट २४ चैतसम्म भएको भाषा परीक्षामा सहभागी ४० हजार ५८० जनामध्येबाट ६ हजार ३२१ परीक्षार्थी उत्तीर्ण भएका हुन् ।

वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाका अनुसार उनीहरुले अब सिप परीक्षा दिनुपर्नेछ । लिखित परीक्षा पास भएकाहरले ‘स्किल र कम्पिटेन्सी टेस्ट’ पास गरेपछि मात्रै उनीहरु कोरिया जान पाउने श्रमिकको सूचीमा सूचीकृत हुनेछन् ।

सिप परीक्षण आगामी वैशाख ९ देखि १५ गतेसम्म सञ्चालन हुनेछ । पास भएका परीक्षार्थीलाई पासपोर्ट र प्रवेशपत्रसहित सिप परीक्षामा उपस्थित हुन ईपीएस कोरिया शाखाले भनेको छ ।

उत्पादनमूलकतर्फको दोस्रो चरणको परीक्षा वैशाख ३१ देखि साउन १६ सम्म र तेस्रो चरणको परीक्षा कात्तिक २६ देखि पुस २ गतेसम्म सञ्चालन हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved