स्वतन्त्र उर्जा उत्पादकहरु संस्था इपानले उर्जा सम्मलेनको तयारी पुरा भएको जानकरी दिएको छ । इपानले सम्पूर्ण तयारी पुरा भएको र सम्मलेनमा दर्जन बढी देशहरुबाट ७ सय भन्दा बढीको सहभागिता हुने जनाएको छ ।
सहभागी मध्ये सबै भन्दा धेरै भारतबाट एक सय जना र बंगलादेशबाट ५० जना आउने भएका छन् । भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँका जलशक्ति मन्त्रीले गर्ने र बंगालदेशको प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँ शक्ति, उर्जा तथा खनिज संशाधन राज्यमन्त्रीले गर्ने भए आयोजक इपानले जनाएको छ ।
आगामी मंगसिर ५ र ६ गते हुने सम्मलेन अवधिभर १० सत्रमा ७० जना वक्ताहरुले आफ्नो प्रस्तुति दिने इपानका महासचिव आशिष गर्गले बताएका छन् । उनका अनुसार सम्मलेनमा ८ वटा द्विपक्षीय तथा त्रिपक्षीय सम्झौता हुने छन् । सम्मलेनमा भारतीय सरकारकोको स्वामित्वमा रहेको एनएचपीसी र नेपालको एचआईडीसीएलबीच जोइन्ट भेन्चर सम्झौता हुने छ । यस संगै नेपालमा भारतीय एनएचपीसीको आगमन हुने भएको छ ।
त्यस्तै नेपाल पावर कमिशन र भारतको इनर्जी पावर एक्चेन्जबीच पनि सम्झौता हुने भएको छ । साथै इपानले आफ्नो महिला फोरम 'वोमेन पावर नेपाल फोरम' गठन गरेको छ । उक्त फोरमसंग विश्व बैंकको आईएफसीले सम्झौता गर्ने छ । त्यस्तै नेदरल्याण्डको एफएमओ , इपान र नेपाल बैंकर्ससंग वातावरण र सामाजिक उत्तरदायित्व सम्बन्धमा त्रिपक्षीय सम्झौता हुने छ । सम्मलेनको पुर्व सन्ध्यामा बंगलादेश सरकारको तर्फबाट प्रि सम्मिट डिनरको आयोजना हुने भएको छ । साथै सम्मलेनको पहिलो दिन सीइओहरुको राउण्ड टेबल कन्फ्रेस हुने छ । जसमा नेपालका बैंकका सीईओ एफएमओका सीइओले सहभागिता जनाउने छन् ।
यो बाहेक सम्मेलन अवधिमा नेपालका उर्जामन्त्री, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक, लगानी बोर्डका पदाधिकारीहरुले विभिन्न वान टु वान वार्ता गर्ने छन् । सम्मलेनले २५ हजार मेगावाट भन्दा बढी जलविद्युत आयोजनाको लगानीको लागि ढोका खुल्ने र अब नेपालमा उत्पादन हुने हरेक युनिटको बजार सुनिश्चित हुने विश्वास इपानले लिएको छ ।
भारतीय लगानीमा अरुण ३ बन्न सुरुपछि अन्य भारतीय र बंगलादेशी कम्पनीहरुले आफुलाई पनि लगानी गर्ने आयोजनाको प्रबन्ध गरिदिन आग्रह गरिरहेको महासचिव गर्गले बताए । सोहि कारण यस सम्मलेनले २५ हजार मेगावाटको आयोजनाको धोका खुल्ने उनले दाबी गरे ।
सम्मलेनमा नेपालको प्रधानमन्त्रीलाई प्रमुख अतिथिको रुपमा निम्त्याएको र उर्जा मन्त्री , अर्थमन्त्री , लगायतको प्रस्तुति रहने भएको छ । त्यस्तै सम्मलेनमा अन्तराष्ट्रिय लगानीकर्ता संस्थाका प्रतिनिधि समेत रहने भएका छन् । सम्मलेन सोल्टी होटेल मा हुने छ ।