स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान) को निर्वाचन अन्तिम समयमा आएर स्थगित भएको छ । मतदान मात्र बाँकि रहेको अवस्थामा निर्वाचन स्थगित भएको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरले निर्वाचन स्थगित गर्न भन्दै इमेल पठाएकोले सोहि अनुसार निर्वाचन स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत माधव मैनालीले जानकारी दिए ।
कोभिड महामारीका कारण भिडभाड गर्न नपाइने, सभा गर्न नपाइने भएकोले निर्वाचन स्थगित गर्न भनी पत्र प्राप्त भएकोले निर्वाचन अनिश्चितकालको लागि स्थगित गरिएको इपानले जानकारी दिएको छ ।
निर्वाचन हुनुभन्दा ३ दिन अगाडी अर्को सूचना प्रकाशित हुने समेत इपानले जनाएको छ कोभिड महामारीको असरका बीच २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाइने भन्दै ललितपुर जिल्ला प्रशासन कार्यालयले परिपत्र जारी गरेपछि निर्वाचन स्थगित भएको इपानले जानकारी दिएको छ ।
इपानको अध्यक्षमा सुर्य अधिकारी र कृष्ण आचार्यले उम्मेदवारी दिएका थिए । अध्यक्षमा उम्मेदवारी दिएका अधिकारी रुग्ण जलविद्युत आयोजना संघर्ष समितिका संयोजक तथा बाराही हाइड्रो पावर कम्पनीका अध्यक्ष हुन् । आचार्य भने विन्ध्यवासिनी हाइड्रोका संस्थापक अध्यक्ष हुन् । उनको हाइड्रोमा बाहेक बैंक , पर्यटन, होटेल, शिक्षा लगायतका क्षेत्रमा लगानी छ ।