चिलिमेले बनाउने ८७ मेगावाटको सेती नदी ३ आयोजनाको इआईए तयार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2023 | 09:28:57 AM मा प्रकाशित

laxmi  sunrise bank

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा प्रस्तावित ८७ मेगावाटको सेती नदी ३ जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन अध्ययन प्रतिवेदन तयार पारेको छ । कम्पनीले प्रतिवेदन तयार पारेर स्वीकृतिको लागि वन तथा वातावरण मन्त्रालयमा बुझाएको हो 

यस संगै मन्त्रालयले उक्त प्रतिवेदनमा राय सुझाव दिनको लागि सार्वजनिक सूचना जारी गरेको छ । मन्त्रालयले ७ दिन भित्र रायसुझाव दिनको लागि सरोकारवालालाई आग्रह गरेको हो । उपयुक्त राय सुझाव प्राप्त भएमा प्रतिवेदन कार्यान्वयनको लागी स्वीकृति दिंदा ति राय सुझाव ध्यानमा राखिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले मन्त्रालयको वातावरण प्रभाव अध्ययन शाखामा रौ सुझाव बुझाउन आग्रह गरेको छ 

कस्तो हो आयोजना ?

प्रस्तावक चिलिमे जलविद्युत कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेश बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं. ३, ४, ५, ६, ७ र ९ मा प्रस्तावित सेती नदी - ३ (८७ मे.वा.) अर्धजलाशययुक्त जलविद्युत आयोजनाको प्रस्ताव गरेको हो । यो अर्धजलाशययुक्त (PROR) आयोजना हो । यस आयोजनाको संरचना अन्तर्गत यसको बाँधको किसिम Concrete Gravity with Radial gate रहेको, बाँधको नदीको सतहबाट उचाइ १६ मि., लम्बाइ ६७ मि., पिकिङ्ग समय १ घण्टा, पेनस्टक पाइपको लम्बाइ १५३ मि. भूमिगत विद्युत गृह ७४ मि.*१६ मि.*४१ मि. (ल.* चौ. * उ.), सतही बालुवा थिग्रिने पोखरीको आकार १२५ मि. * १६ मि. * २१ मि. (ल.* चौ. * उ.), सर्ज साफ्टको उचाइ ६४.८० मि. र व्यास १५ मि., डि आकारको टेलरेस सुरूङ संख्या एउटाको लम्बाइ ४५२ मि., ठाडो, फ्रान्सिस प्रकारको टर्वाइन संख्या ३ वटा प्रत्येकको क्षमता २९ मे.वा. र जेनेरेटर ३ वटा प्रत्येकको क्षमता ३४.१२ MVA आदि रहेका छन् । आयोजना निर्माणको लागि कुल ४५.४० हेक्टर जमिन जसमध्ये २.३९ हे. वन क्षेत्रको जग्गा, १८.५६ हे. सार्वजनिक जग्गा र २४.४५ हे. निजी जग्गा आवश्यक पर्ने देखिन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved