मर्मतपछि राधी विद्युत कम्पनीको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2024 | 09:31:48 AM मा प्रकाशित

laxmi  sunrise bank

 राधी विद्युत कम्पनी लिमिटेडको आयोजनाले पुन: विद्युत उत्पादन थालेको छ । गत आसारमा राधी खोलामा बाढी आएपछि कम्पनीको आयोजजामा क्षति पुगेको थियो । आयोजना मर्मत गरि फागुन ६ गते दिउँसो ४ बजेबाट पुन: विद्युत उत्पादन थालिएको कम्पनीले जनाएको छ । 

गत असार २२ गते राधी खोलामा आएको बाढी र पहिरोको कारण कम्पनीले  प्रवर्द्धन गरेको ४.४ मेगावाटको राधी साना जलविद्युत आयोजनामा क्षति पुगेको थियो । आयोजनाको Headworks र Headrace Pipe मा क्षति पुग्न गई काबु बाहिरको परिस्थिती सृजनाको कारण राधी साना जलविद्युत आयोजनाको उत्पादन  असार २२, २०८० को राती ८:५६ बाट बन्द रहेको थियो।

कम्पनीका अनुसार हाल उक्त समस्याको उचित समाधान गरि मिति फाल्गुन ०५, २०८० को राति ८:२० मा Testing को कार्य सम्पन्न गरि मिति फाल्गुन ०६, २०८० दिउँसो ४:०० बजे बाट पूनः यस आयोजना संचालनमा आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved