नेपाल आइडलका निशानको भावुक संदेश, भन्छन् 'तपाईहरु पीडामा हुँदा म कसरी भोट मागौ'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 17, 2017 | 12:53:52 PM मा प्रकाशित

laxmi  sunrise bank

एपी वान टेलिभिजन मार्फत प्रसारण हुदै आएको नेपाल आइडलको लोकप्रियता बढ्दो छ ।  अहिले प्रतियोगिताको ‘टप सिक्स’ मा सागर आले, सुजाता पाण्डे, निशान भट्टराई, सुरज थापा, बुद्ध लामा र प्रताप दास गरी ६ प्रतिस्पर्धी बाँकी छन् । दर्शकको भोटले नै कसले उपाधि जित्छ भन्ने टुंगो लगाउछ । 

यसैबीचमा प्रतियोगिताको एक प्रतियोगी निशान भट्टराईले भावुक संदेश प्रेषित गरेका छन् । उनले देशले बाढीपहिरोको कठिन परिस्थिति झेलिरहेको बेला आफु पीडा मनमा बोकेर नेपाल आइडलको मन्चमा रहेको र आफ्नो तर्फबाट केही गर्न गर्न नसकेको भन्दै भावुक संदेश लेखेका हुन्  ।

उनले आज बिहिबार पनि नेपाल आइडलको कार्यक्रम प्रस्तुत हुने  तर यो साता आफु  भोट गरिदिनुहोस् भन्न सक्ने अवस्थामा नरहेको बताएका छन् । उनले आफ्ना सबै समर्थकहरु लाई पहिला आफु सुरक्षित रहन  र अरुलाई पनि सुरक्षित रहन सहयोग गर्नको लागि अपिल गरेका छन् । त्यसपछि सहज भयो भने मात्र नेपाल आइडलको कार्यक्रम हेरेर भोटिङ गर्न आह्वान गरेका छन्  । उनले सबभन्दा पहिला   सबैजना सुरक्षित र पीडामुक्त भएको सुन्न र देख्न चाहेको बताएका हुन् । 

यस्तो छ उनले फेसबुकमा प्रेषित गरेको भावुक संदेश ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved