संचारकर्मी कमल फुयाँलको सह निर्देशनमा 'यसपालिको तीजमा' सार्बजनिक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 17, 2017 | 03:42:19 PM मा प्रकाशित

laxmi  sunrise bank

हरितालिका तिज नजिकिदै गर्दा तिजका गीतहरु सार्बजनिक हुने क्रम जारी छ । यसै क्रममा कल्पना खरेलले 'यसपालिको तीजमा' बोलको गीत बजारमा ल्याएकी छिन् । गीतमा सुमधुर स्वरकी धनी गायिका रिता केसीको स्वर रहेको छ । गायिका रितालाई साथ दिएकी छन चन्द्रकला प्रसाईले ।

मनोहर सुनुवारको संगीत रहेको उक्तमा विशेष गरेर दिदी बहिनीको कथालाई समावेश गरिएको छ । विदेशमा रहेकी दिदीले नेपालमा भएकी बहिनीलाई भेटन नपाएको पीडा र यसपालिको तीज विदेशमा नै मनाउ भनेर यतै आउ भन्ने खालका शब्दहरु यस गीतमा समावेश गरिएको छ । निकै राम्रो शब्द संमायोजन भएको यो गीत सर्वोकृष्ट गीतको रुपमा लिन सकिन्छ । सोही गीतको म्युजिक भिडियो युटयुवमा सार्वजनिक भएको छ । दिनेश माङ्मु लिम्बु को कोरियोग्राफमा सोम कुस्कुमाझीले निदेशन गरेको उक्त गीतमा सञ्चार कर्मी कमल फुयाँलले सह निर्देशन गरेका छन । गीतलाई आकर्षक तरिकाले छायाँकन तथा सम्पादन एकान्त मगरले गरेका छन । गीतको म्युजिक भिडियोमा शोभा, कुसुम, निशा, सरिता, गंगा, मनिषा, सीता भण्डारी लगायतले अभिनय गरेका छन ।

हेर्नुस भिडियो  ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved