नेपाल आइडलको फाइनल कतारमा हुने भएको छ। एपीवनमा प्रशारण भईरहेको रियालिटि सो नेपाल आइडलको ग्राण्ड फिनाली कतारमा हुने जनाइएको छ।
कतारमा हुने ग्राण्ड फिनालीमा यस रियालीटि शोमा उत्कृष्ट १२ मा पुग्ने सबै प्रतियोगी सहभागी हुन पाउनेछन। बुद्द लामा, निशान भटराई,प्रताप दास र सागर आले यस रियालिटी शोको उत्कृष्ट चारमा पुग्न सफल भएका छन। बटम थ्रीमा परेकी सुजाता पाण्डे उत्कृष्ट ५ मा पुग्दै यस प्रतियोगिताबाट बाहिरिएकी छिन।
त्यस्तै नेपाल आइडलका फर्स्ट रनर अप र सेकेन्ड रनर अपले समेत नगद सहित आकर्षक पुरस्कार प्राप्त गर्ने घोषणा गरिएको छ। फर्स्ट रनर अप र सेकेन्ड रनर अपले क्रमश: १५ लाख र १० लाख नगद पुरस्कार प्राप्त गर्ने नेपाल आइडियलका प्रबन्ध निर्देशक लक्ष्मीप्रसाद पौडेलले जानकारी दिएका हुन।
त्यस्तै नेपाल आइडलको विजेताले ३१ लाख ४५ हजार रुपैयाँ बराबरको महिन्द्रा कुप १०० कार, २० लाख रुपैयाँ र १५ लाख रुपैयाँबराबरको भिडियो एल्बम प्राप्त गर्नेछ ।
नेपाल आइडल विश्वमै धेरै हेरिने टेलिभिजन फ्रेन्चाइज ‘आइडल’ को नेपाली संस्करण हो। गायन प्रतिभाको खोजीका लागि बहुप्रतीक्षित मानिएको यो रियालिटी शोलाई एपी वान टेलिभिजनले प्रस्तुत हुँदै आएको छ।
प्रतियोगितामा देशभरका विभिन्न शहरहरुबाट १६ देखि ३० वर्ष उमेरका युवाहरूलाई सहभागिता गराइएको छ। माघ १२ गते नेपालगन्जबाट सुरु भएको अडिसन माघ १२ गते बुटवल, नारायणघाटमा माघ १५, वीरगन्जमा माघ २१, विराटनगरमा माघ २४ र २५, पोखरामा फागुन १ एवं काठमाडौंमा फागुन ७ र ८ गते भएको थियो। प्रतियोगितामा संगीतकार न्ह्यु वज्राचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी निर्णायक रहेका छन् ।